श्रावण २, २०८२ शुक्रबार July 18, 2025

तनहुँमा थपिए ९३ कोरोना संक्रमित, एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तनहुँमा बिहीबार एकै दिन ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहीबार जारी गरेको विज्ञप्ति अनुसार ४५ महिला र ४८ पुरुष मा संक्रमण पुष्टि भएको छ ।

योसँगै तनहुँमा सक्रिय कोरोना सङ्क्रमितको सख्या ७८५ जना पुगेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । जसमा ३६३ जना महिला र ४२२ जना पुरुष रहेका छन् ।
यस्तै एक सङ्क्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । जिल्लाको व्यास–१३ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको जेठ ५ गते बुधवार गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । उनमा गत वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै जिल्लामा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या ४९ जना पुगेको छ । जसमा १८ जना महिला र ३१ जना पुरुष रहेका छन् ।
तनहुँ प्रशासनले भन्योः कोरोना उपचारका नाममा स्वैच्छिक रकम सङ्कलन नगर्नू
दोस्रो चरणको कोरोना महामारी सुरु भएसँगै समुदायमा सङ्क्रमितको सहयोगार्थ सञ्चालित सहयोग अभियानमाथि जिल्ला प्रशासन कार्यालय तनहुँले प्रतिबन्ध लगाएको छ ।
बिहीबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना प्रकाशन गर्दै आफूखुसी कोरोना उपचार तथा निमन्त्रणका नाममा विभिन्न अभियान सञ्चालन गरिएकोले त्यस्ता अभियानका नाममा रकम सङ्कलन गर्ने र जम्मा गर्ने कार्य गर्ने कार्यलाई बन्द गर्न सूचित गरेको छ ।
यसरी रकम सङ्कलन गर्नु र जम्मा गर्नु गैर कानुनी कार्य भएकाले यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताएको छ । यसका साथै स्वैच्छिक रुपमा यस प्रकारको सहयोग रकम जम्मा गर्न चाहनेलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरी जानकारी दिन समेत अनुरोध गरेको छ ।
व्यक्ति विशेष र संस्थाले यस प्रकारको कार्य गर्नु चन्दा ऐन, २०३० विपरीत भएकाले चन्दा नदिन र नलिन सर्वसाधारण प्रशासनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ । अन्यथा चन्दा ऐन २०३० को दफा १३ बमोजिम कारबाही हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कुनै व्यक्तिले स्वैच्छिक रुपमा कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि रकम जम्मा गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैङ्क सिंहदरबारमा रहेको कोषको खाता न १९६०००००११०१ मा जम्मा गर्न सकिने र जम्मा गरेपछि जम्मा गरेको भौचरको छायाप्रति कार्यालयलाई उपलब्ध गराउनु समेत आग्रह गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार