असार २९, २०८२ आइतबार July 13, 2025

शेयरमूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति नदिन धितोपत्र बोर्डको चेतावनी (विज्ञप्ती)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल धितोपत्र बोर्डले नेप्से परिसूचक वा सूचीकृत संस्थाको शेयरमूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति नदिन सम्वद्ध सवैलाई सचेत गराएको छ ।

बोर्डले बिहीवार जारी गरेको विज्ञप्तिमा केहि व्यक्ति वा समूहले कुनै कम्पनीको शेयरमूल्य बढ्छ वा घट्छ भनेर अभिव्यक्ति दिने गरेको पाइएको भन्दै यस्तो कार्य तत्कालै रोक्न भनेको छ ।

बोर्डले भनेको छ, ‘विभिन्न व्यक्ति र समूहले विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा नेप्से परिसूचक तथा सूचीकृत संगठित संस्थाको शेयरको मूल्य बढ्ने वा घट्ने भन्दै निश्चित शेयरहरु खरीद गर्न वा विक्री गर्न तथा विभिन्न सेशेयरहरु खरीद वा विक्री नगर्न उत्साहित गराउने उद्देश्यले अनधिकृत तवरले अन्तरवार्ता र अभिव्यक्ति दिइरहेको देखिएको छ, त्यस्तो कार्य नगर्न / नगराउन सबै सम्वद्ध पक्षहरुलाई  सूचनामार्फत् सूचित गरिएको छ ।’

बोर्डले सञ्चार माध्यम वा सामाजिक सञ्जालमा शेयर किनबेच गर्न उक्साउने योजना अनुसार अभिव्यक्ति नदिन भन्दै दिइएको पाइए धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार