असार २९, २०८२ आइतबार July 13, 2025

निषेधाज्ञामा भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसको दोस्रो लहरका कारण अहिले अधिकांश जिल्लामा निषेधाज्ञा लगाए पनि विद्युत् खपतमा भने त्यति असर नपरेको देखिएको छ । गतवर्ष लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञामा विद्युत् खपत ह्वात्तै घटेको थियो । तर, यसपटक भने विद्युत् खपतमा त्यति असर नपरेको विद्युत् प्राधिकरणले बताएको छ ।

कोरोना नियन्त्रणका लागि अहिले पनि ७४ जिल्लामा निषेधाज्ञा लगाइएको छ । नियन्त्रणका कारण बढी विद्युत खपत गर्ने क्षेत्रहरू पनि प्रभावित भएका छन् । तर, त्यो अवस्थामा पनि विद्युत् खपत प्रभावित नभएको प्राधिकरणको भनाइ छ ।

निषेधाज्ञाअघि विद्युत्को पिक डिमान्ड १३०० मेगावाटको हाराहारीमा थियो । निषेधाज्ञामा भने विद्युत्को पिक डिमान्ड ११७० मेगावाटदेखि १२२८ मेगावाट रहेको प्राधिकरणको भारप्रेषण केन्द्रका प्रमुख सुरेश भट्टराईले जानकारी दिए ।

‘निषेधाज्ञाका कारण विद्युत् खपतमा केही कमी आएको छ । तर, अपेक्षा गरेअनुसार कमी आएको छैन,’ उनले भने, ‘पहिलेको बन्दाबन्दीमा विद्युत् खपतमा ६०० मेगावाटसम्म घटेको थियो । तर, अत्यन्त कम परिमाणमा विद्युत् खपत घटेको छ ।’

बिहीवर भने वर्षात्का कारण विद्युत् खपतमा केही कमी भएको आएको उनले बताए । ‘केही प्रसारण तथा वितरण लाइनका सामग्रीहरू पुरानो हुँदा सिमसिमे पानी पर्दा प्राविधिक रूपमा नै विद्युत् माग कम हुन्छ । त्यसका कारण बिहीवर विद्युत् मागमा केही कम भएको छ,’ उनले भने, ‘त्यसमाथि विद्युत् आयात पनि भइरहेको छ । समग्रमा विद्युत् खपतको अवस्थामा सन्तोषजनक रहेको छ ।’

सिमसिमे पानी पर्दा फिडर नलाग्ने समस्या हुन्छ । झरीमा भने त्यस्तो समस्या हुँदैन । बिहीवार सिमसिमे पानी पर्दा फिडर नलाग्दा विद्युत् खपतमा केही समस्या आएको छ । समग्रमा विद्युत् खपत सन्तोषजनक नै रहेको भट्टराई बताउँछन् । निषेधाज्ञा अवधिमा भारतबाट ५२० मेगावाटसम्म विद्युत् आयात भएको छ । त्यसैले विद्युत् खपत राम्रो भएको प्राधिकरणको भनाइ छ । आर्थिक अभियान दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार