काठमाण्डौंः प्रधानमन्त्री निवाश बालुवाटारमा मध्यरातमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासबाट सँविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनका निम्ति ओली र देउवा दुबै पक्षको दावी खारेज गरिएको बक्तव्य आए लगत्तै मध्यरातमा बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले संसद विघटनको सिफारिस सहित निर्वाचनकी मिति घोषणा गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रिपरिषदको आजको बैठकले आगामी कार्तिक २६ गते र मंसिर ३ गतेको लागि प्रतिनिधिसभाको निर्वाचनको मिति तोेकेको छ ।
संविधानको धारा ७६ उपधारा ७ मा उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया