असार २९, २०८२ आइतबार July 13, 2025

निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडानमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डांः निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको प्रसारण लाइन र उपकरण जडानमा ढिलाइ भएको छ । विद्युतगृहमा उपकरण जडान गर्ने जिम्मा पाएको इण्डियन कम्पनी भोइथ भारत एवं टिमुरेदेखि थाम्बुचेतसम्म १० किलाेमिटर दूरीको प्रसारण लाइन निर्माण गर्ने मुड्वरी एन्ड जेभी कम्पनी लिमिटेडले तोकिएको तालिका अनुसार काम नगर्दा विद्युत् आयोजनाको संरचना बनाउने कार्य ढिलाइ भएको हो ।

कोरोना संक्रमण फैलिरहेको भन्दै भोइथ कम्पनीका दक्ष जनशक्ति भारतबाट नआएका कारण एक सय ११ मेगावाट क्षमताको विद्युत् गृहका उपकरण जडान कार्यमा ढिलाइ भएको रसुवागढी जलविद्युत् आयोजनाले जनाएको छ ।

ठेकेदार कम्पनीले विद्युत् उत्पादनमा आवश्यक उपकरण आयोजनास्थलमा पुर्याइसकेको छ । वर्तमान अवस्थामा ती सामानको जडान कार्य ५० प्रतिशत सकिनु पर्नेमा समयावधि पुग्दासमेत काम शून्य जस्तै भएको प्राविधिकले बताएका छन् । गएको वर्षदेखि नै उपकरण जडानमा आलटाल हुँदै आएको छ । काेराेना सुरक्षाका मापदण्ड पालना गर्दै काम नगराउने कम्पनीलाई आयोजनाले सम्झौताअनुरूप कारबाही गर्ने तयारी गरेको छ ।

उपकरण जडानका लागि एक वर्षभन्दा बढीको समयावधि लाग्ने र उत्पादन गराउने समयसीमा नजिकिँदै गएको अवस्थामा कार्यतालिकाअनुसार तोकिएका काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्ने तयारी भएको हो ।रसुवागढी जलविद्युत् आयोजनाबाट आगामी २०७९ असार महिनाबाट विद्युत् उत्पादन गराउने लक्ष्य छ । राष्ट्रिय प्राथमिकता अन्तर्गतको विद्युत् आयोजना भएका कारण निर्धारित समयमै सम्पन्न गराउन काेराेना विरुद्वको स्वास्थ्य मापदण्ड अपनाइ काम अगाडि बढिरहेको छ ।

जमीन अभावका कारण टिमुरे पारी भीरको फेद भोटेकोशी खोला बगरमा प्रिफेव मोडेलबाट बनाइएका कर्मचारी आवास तथा कार्यालयमा बाढी तथा पहिराको असर, हिउँदको समयमा बेजोडले आइरहने हावाहुरी, धुलो, धुवाँसमेतलाई कुनै प्रवाह नगरी अहोरात्र काम गरिरहेको प्राविधिक बताउँछन् । आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहेको छ । रसुवागढीमा रहेको भोटेकोशी खोलाको बाँध एवं विद्युत् गृहमा पानी लाने चार हजार १८५ मिटर लामो सुरुङ भने एक–डेढ वर्षअगाडि नै निर्माण सम्पन्न भएको छ ।

यसैगरी रसुवाढीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणको चिलिमेमा रहेकाे थाम्बुचेतको हवसम्म पुर्याउने १० किमी दूरीको प्रसारण लाइन निर्माणको कामसमेत ढिलासुस्ती भएको छ । निर्माणको जिम्मा पाएको मुड्वरी एन्ड जेभी ठेकेदार कम्पनीले गएको बैशाख १५ गतेभित्र निर्माणस्थलमा पुर्याइ सक्नुपर्ने सामग्रीसमेत अहिलेसम्म ढुवानी गरेको छैन ।

आयोजनाका अनुसार निर्माण सामग्री ढुवानी गरी ल्याउने वातावरणसहित ठेकेदार कम्पनीलाई अनुमति प्रदान गरिए पनि ढुवानीमा आलटाल भइरहेको छ । निर्माण गर्नुपर्ने ३२ टावरमध्ये १८ मा सिमेन्ट कङ्क्रिट गरिए पनि अझै १४ वटा खाल्टो खनेर छोडिएको छ । आयोजनाले दिएको कार्यतालिकाअनुरूप ठेकेदार कम्पनीले काम नगर्दा नजिकिँदै गरेको वर्षाले भूक्षय निम्त्याउने खतरा बढ्न थालेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार