श्रावण २, २०८२ शुक्रबार July 18, 2025

अछाममा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अछाममा पीसीआर परीक्षणबाट आइतबार थप ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लाको कमलबजार पिसीआर प्रयोगशालामा १ सय २० नमुना परीक्षण गरिएकोमा ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

पञ्चदेवल विनायक नगरपालिका, चौरपाटी गाउँपालिका र कमलबजार नगरपालिकाका १ सय २० बासिन्दाको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा २३ जना महिला र ७३ जना पुरुषमा कोरोना संक्रमण देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिनुभयो ।
आज थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाका रहेका छन् । नगरपालिकाको वडा नम्बर २, ३, ४, ६ र ९ का २२ जना महिला र ६९ जना पुरुष गरी ९१ जनामा संक्रमण देखिएको छ ।
यस्तै कमलबजार नगरपालिका वडा नम्बर ६ , ९ र १० का १ जना महिला र २ जना पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी बिष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार चौरपाटि गाउँपालिका वडा नम्बर १ र २ का २ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म कमलबजार पिसिआर प्रयोगशालामा ६ हजार ४ सय १७ जनाको कोरोना परीक्षण गर्दा १ हजार ८ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अछाम जिल्लामा कोरोना महामारीको दोस्रो लहरमा १६ सय २८ जना कोरोना संक्रमित भएका छन् । जसमध्ये ९ सय ६७ जना सक्रिय संक्रमित रहेका छन् भने १४ जनाको ज्यान गएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार