श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेपालमा थप ७ हजार ९ सय १४ जना कोरोना संक्रमित थपिए, १ सय ९३ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा आज कोरोना भाइरसबाट थप ७ हजार ९ सय १४ जना संक्रमित भएका छन् ।

आज पिसिआर परीक्षणबाट  ७ हजार ५ सय ९८ जना तथा एन्टिजेन परीक्षणबाट  ३ सय १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको आजको मिडिया व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले आज १८ हजार ९ सय ६५ नमूनाको पिसिआर तथा ९ सय ६१ नमूनाको एन्टिजेन प्रविधिबाट परीक्षण गरिएको बताउनुभयो ।
यसैगरी आज थप ७ हजार ६ सय ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको छ भने देशभरमा गरी १ लाख १५ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।
सक्रिय सङ्क्रमितमध्ये ७ हजार ३ सय ४९ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेसनमा रहेका छन् भने बाँकी १ लाख ८ हजार १ सय ९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले बताउनुभयो ।
यस्तै आज १ सय ९३ जनाको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज १ सय ९३ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार ३ सय ४६ पुगेको छ भने मृत्यु हुने दर १ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार