काठमाण्डौंः नेपाली एयरलाइन्सले स्वदेशमा नै उत्पादन भएको दूध तथा दुग्धजन्य पदार्थ–बटर, चीज, दहीलगायत उत्पादन उपयोग गर्ने भएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले नेपाल वायुसेवा निगमका महाप्रबन्धक रुद्रप्रसाद पौडेलसँगको छलफलपछि सो निर्णय गरिएको हो । नेपाल दुग्ध विकास संस्थानको कार्यक्रममा मन्त्री अर्यालले नेपाली किसानको हितलाई ध्यानमा राख्ने हो भने स्वदेशी उत्पादनको उपयोगको विकल्प नरहेको जानकारी दिनुभयो ।
नेपालमा एक अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य ५० विमानस्थल छन् । सोमध्ये २९ सञ्चालनमा छन् । अन्य पाँच निर्माणाधीन अवस्थामा छन् । नेपालमा अहिले ३० एयरलाइन्स कम्पनीले लाखौँको सङ्ख्यामा यात्रु ओसारपसार गरिरहेका छन् ।
हवाईजहाजका यात्रुले स्वदेशी दूध तथा दुग्धजन्य पदार्थ उपयोग गरिदिने हो भने लाखौँ किसानको हित हुने दुग्ध विकास संस्थानका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिनुभयो ।रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया