असार २९, २०८२ आइतबार July 13, 2025

निषेधाज्ञामै जुम्ली किसान ‘जौ’ भित्राउन व्यस्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच जुम्लाका  किसान हिउँदे बाली जौ भित्राउन व्यस्त छन् ।

जुम्लामा जौ भित्राए लगत्तै कालिमार्सी धान रोपाई सुरु हुने भएकाले पनि किसान धमाधम जौ काट्न व्यस्त भएका हुन् । जुम्लाका आठ स्थानीय तहमध्ये चन्दननाथ नगरपालिका, गुठिचौर कनकासुन्दरीमा केही मार्सी फाँटमा आंशिक रोपाई सुरु भए पनि ९० प्रतिशत किसान जौ काट्न व्यस्त छन् ।  तर ९० प्रतिशत रोपाई भने जेठ महिनाको दोस्रो हप्ताबाट सुरु हुन्छ ।

जुम्लाका आठै स्थानीय तहमा जौ खेती हुने गरेको छ । सुगरका रोगीहरूका लागि जौ निकै उपयुक्त हुन भएता पनि अन्य बाली जौको महत्त्व छैन । तर पनि जौको  खेती भने अहिलेसम्म नघटेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताउनुभयो ।

जुम्लामै पहिलो मार्सी धान पहिलो खेती भएको तातोपानीको लाछु जिउलोमा जौ काट्न बाँकी रहेको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । उहाँका अनुसार तातोपानी क्षेत्रको अधिकांश जौ काट्न बाँकी छ  । तर सिमलो क्षेत्रतिरका खेतमा जौ काँटी रोपाई समेत भइरहेको छ ।

जुम्लाका १९ हजार घरधुरीका सबै किसान जौ खेती गर्छन् । तर, महत्त्व भने त्यति दिने गरेको देखिँदैन । कृषि विकास कार्यालयले जौ बालीको महत्त्व र आवश्यकताबारे गाउँ गाउँमा सचेतना फैलाउन आवश्यक देखिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार