असार २८, २०८२ शनिबार July 12, 2025

बङ्गलादेशमा लकडाउन अवधि बढ्यो, यातायात सञ्चालनलाई खुकुलो पारिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ ।

सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले महामारी फैलिन नदिन गत महिनादेखि बन्दाबन्दीको घोषणा गरेको थियो । बङ्गलादेशको मन्त्री परिषद्ले आइतबार एक सूचनामार्फत् यो निर्णय सार्वजनिक गरेको हो ।

पछिल्लो पत्र अनुसार सरकारले आइतबार मध्यरातदेखि स्वास्थ्य नियमहरू पालना गर्ने सर्तमा सार्वजनिक यातायात सेवाहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

कोभिड– १९ विरूद्धको अभियानमा बङ्गलादेशले अप्रिल १४ देखि २१ सम्म आठ दिन कडा लकडाउनको घोषणा गरेको थियो भने पछि यसलाई चरणबद्ध रूपमा मे २३ सम्मका लागि विस्तार गरेको थियो ।यस मुलुकमा आगामी दिनमा होटल र रेष्टुरेन्टहरू पनि प्रतिबन्धको दायरा बाहिर राखिएको छ । हालका दिनहरूमा कोभिड–१९ सङ्क्रमण र मृत्यु दरमा न्यूनता आउन थालेपछि प्रतिबन्धहरूलाई सहज बनाइएको हो ।

शनिबार, त्यहाँको स्वास्थ्य सेवा महानिर्देशालयले गत २४ घण्टाभित्र कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार २८ रहेको छ भने ३८ सङ्क्रमितको मृत्यु भएको छ । यससँगै बङ्गलादेशमा कोभिड–१९ बाट अहिलेसम्म सङ्क्रमितको सङ्ख्या सात लाख ८७ हजार ७२६ पुगेको छ भने १२ हजार ३४८ सङ्क्रमितको मृत्यु भएको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको मृत्यु दर १.५७ प्रतिशत छ र निको भएकाको सङ्ख्या ९२.६५ प्रतिशत छ ।-रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार