असार २८, २०८२ शनिबार July 12, 2025

अफगान सेनाको कारबाहीमा ६ जना लडाकूको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगान सेनाले पूर्वी लोगार प्रान्तमा गरेको हवाई आक्रमणमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु भएको छ । सेनाले गरेको उक्त आक्रमणमा अरु चार जना घाइते भएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ ।

सेनाले जारी गरेको विज्ञप्तिमा राजधानी काबुलभन्दा करिब ६० किलोमिटर दक्षिणका मोहम्मद आघा र बाराकी बाराक जिल्लामा अफगान वायुसेनाले शनिबार आक्रमण गरेको र त्यसक्रममा स्थानीय तालिबान नेताको पनि मृत्यु भएको उल्लेख छ ।

तालिबान लडाकू लुकेर बसेको भरपर्दो सूचनाका आधारमा हवाई आक्रमण गरिएको र त्यसबाट कोही पनि निर्दोश व्यक्ति हताहत नभएको सेनाले दाबी गरेको छ । अफगानी तालिबान समूहले राजधानी र प्रमुख शहर बाहिरका जिल्लामा पछिल्लो पटक हिंसात्मक भिडन्तहरु जारी राखेका छन् ।

पछिल्ला विवरण अनुसार अफगानिस्तानका ४०७ जिल्लामध्ये १५ वटामा तालिबानको नियन्त्रण छ भने ४० वटा जिल्लालाई तालिबानले नियन्त्रण लिने प्रयास गरिरहेको छ ।

संयुक्तराज्य अमेरिका र नेटोका फौजले अफगानिस्तान छाड्नै लाग्दा अफगानिस्तानभित्र हिंसाका घटनामा पुनः बढ्न थालेका छन् । रासस–सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार