असार २६, २०८२ बिहिबार July 10, 2025

नयाँ दल दर्ताका लागि निवेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः झलनाथ खनाल–माधव नेपाल पक्षका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको छ । अनेरास्ववियु सचिवालय सदस्य संखुवासभाका राईले पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिह्न ‘कलम’ प्रस्ताव गर्दै आयोगमा निवेदन दिनुभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयोे ।

सो पार्टीको उपाध्यक्षमा कास्कीका कल्पना गुरूङ र महासचिवमा काभ्रेका विनोदकुमार खुलाल रहनुभएको छ । सचिवमा ऐनविक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल रहनुभएको छ ।यसअघि कलम चिह्नबाट गत जेठ ६ गते वागमती प्रदेश अन्यतर्फ रिक्त राष्ट्रिय सभाको सदस्य पदमा संघीयता विज्ञ खिमलाल देवकोटा निर्वाचित हुनुभएको थियो ।

पछिल्लो समय एमालेभित्रको विवाद बढेपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्नुभएको थियो । त्यस्तै निर्वाचन आयोगमा नेकपा नाममा अर्को दल पनि दर्ताका लागि निवेदन परेको छ । नेकपा लोकतान्त्रिक नामक दलले निवेदन दिएकोमा आयोगले विधान संशोधनका लागि फिर्ता पठाइदिएको छ । सो दलले गोलाकारभित्र पाँचकुने तारा चुनाव चिह्न राख्न प्रस्ताव गरेको थियो । -नेपाल समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार