असार २९, २०८२ आइतबार July 13, 2025

बैंक तथा वित्तीय संस्था सञ्चालनमा कडाइ – सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यसअघि सीमित कर्मचारी राखेर सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्र सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै सीमित शाखा मात्र आलोपालो सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै लगाइएको निषेधाज्ञाको समयमा थप जोखिम भएको र भिडभाड कम नभएको जस्ता गुनासोपछि राष्ट्र बैंकले इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थालाई सीमित शाखाबाट आलोपालो सेवा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सूचना अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा लगाइएको निषेधाज्ञाको समयमा वाणिज्य बैंकले काठमाडौंमा तीन, विकास बैंकले दुई र फाइनान्सले एउटा मात्र शाखा खोलेर सेवा दिनुपर्ने जनाइएको छ । ललितपुरमा वाणिज्य बैंकले दुई, भक्तपुरमा एक तथा विकास बैंकहरू र फाइनान्स कम्पनीले ललितपुर र भक्तपुरमा एक/एक शाखा खोलेर सेवा प्रवाह गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

अत्यावश्यक सेवाका लागि बन्द रहेको शाखाको सम्पर्क व्यक्तिको नम्बर र सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा र शाखा खुला रहने समयको जानकारी समेटिएको सूचना बैंकले वेभसाइटमा दैनिक प्रकाशन गर्नुपर्नेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार