असार २८, २०८२ शनिबार July 12, 2025

म्यानमार आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या ८ सय नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: म्यानमारमा सेनाले सत्ता नियन्त्रणमा लिएयता भएको आन्दोलनमा ज्यान गुमाउनेको सङ्ख्या आठ सय १८ पुगेको छ । हिजो तीन जनाको ज्यान गएको हो ।

गएको फेब्रुअरी १ तारिखमा निर्वाचित सरकारलाई अपदस्त गर्दै सेनाले सत्ता हातमा लिएपछि अहिलेसम्म आन्दोलन भइरहेको छ । सैनिक सरकारले अहिलेसम्म चार हजार दुई सय ९६ जनालाई पक्राउ गरेर थुनामा राखेको छ भने तीमध्ये ९५ जनालाई अदालतले नै थुन्ने आदेश दिएको छ ।

एक हजार ८ सय २२ जनालाई पक्राउ पूर्जी जारी गरेको समाचारसंस्था एएनआइले जनाएको छ । आन्दोलनकारी र सुरक्षाकर्मीका बीचमा भएको झडपमा १३ जना सुरक्षाकर्मीको पनि ज्यान गएको छ ।

सैन्य सरकारले म्यानमारकी नेतृ आङ सान सुकीसहितका शीर्ष र प्रभावशाली नेताहरुलाई पनि नियन्त्रणमा राखेको छ ।

प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सेनाले विभिन्न आरोपमा लामो समय जेलमा राखेपछि हिजो विशेष अदालतमा उपस्थित गराइएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया