असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपति भण्डारीको ‘खोप कूटनीति’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ रोकथाम र नियन्त्रणमा अति आवश्यक खोप ल्याउनका लागि दुवै छिमेकी चीन र भारतसँग ‘खोप कूटनीति’ अघि बढाएकी छन् ।

मुलुकमा कोभिड संक्रमण र त्यससँगै मृत्युदरसमेत बढिरहेको अवस्थामा राष्ट्रपति भण्डारीले खोप उपलब्ध गराउनका निम्ति चिनियाँ राष्ट्रपति सी चिनफिङसँग बुधबार टेलिफोन संवाद गरिन् भने मंगलबार उनले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेर अनुरोध गरेकी थिइन् । राष्ट्रपति भण्डारीसँगको संवादमा चिनियाँ समकक्षीले नेपाललाई थप १० लाख खोप अनुदानमा दिने घोषणा गरेका छन् ।

चिनियाँ राष्ट्रपति सीसँग झन्डै ४० मिनेट भएको संवादमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि चीनले यसअघि गरेको सहयोगलाई लिएर धन्यवाद व्यक्त गर्नुका साथै खोप खरिदका निम्ति सहजीकरण गरिदिन अनुरोध गरेकी थिइन् । जवाफमा सीले नेपाललाई थप १० लाख खोप तत्काल दिने र नेपाललाई चाहिएको अरू खोप खरिद गर्ने सम्बन्धमा आफ्नोतर्फबाट सहजीकरण गरिदिने वचन दिए ।

‘अहिले नेपाली जनताको जीवन बचाउन आवश्यक छ, नेपाललाई खोप अतिआवश्यक छ, खोप खरिदका लागि सहजीकरण गरिदिनुहुन आग्रह गर्छु,’ राष्ट्रपति भण्डारीले सीसँग गरेको आग्रह उद्धृत गर्दै राष्ट्रपतिका सञ्चारविज्ञ टीका ढकालले कान्तिपुरसँग भने । त्यसपछि सीले अनुदानमा दिने खोपबाहेक नेपाललाई अरू खोप खरिदमा पनि सहजीकरणदेखि आवश्यक सहयोग गर्ने प्रतिबद्धता गरे ।

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले खोप खरिदका सम्बन्धमा नेपाली पक्ष र चिनियाँ सरकारी कम्पनी सिनोफार्म सम्पर्कमा रहेको जानकारी दिए । ‘सिनोफार्मका अधिकारीहरूले नेपाललाई उपलब्ध गराउन सक्ने खोपको संख्या, लागत र कति समयमा खोप उपलब्ध गराउन सकिन्छ भन्नेजस्ता विषयमा बेइजिङस्थित नेपाली दूतावासलाई जानकारी दिइसकेका छन् ।

अब नेपाली दूतावासमार्फत जवाफ आएपछि खरिदको प्रक्रिया के हुन्छ भन्ने थाहा हुन्छ,’ चाङले कान्तिपुरसँग भने । चीनले यसअघि नेपाललाई सिनोफार्मबाटै उत्पादित ८ लाख थान भेरोसेल खोप सहयोगस्वरूप दिएको थियो । उक्त खोप १८ वर्षदेखि ५९ वर्षभित्रका मान्छेले मात्र लगाउन मिल्छ ।

सीसँग संवाद हुनु अघिल्लो दिन मंगलबार राष्ट्रपति भण्डारीले भारतीय समकक्षी कोविन्दलाई ‘नेपाललाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराइदिनका लागि’ पहल गरिदिन अनुरोध गर्दै पत्राचार गरेकी थिइन् । राष्ट्रपति कार्यालयले परराष्ट्र मन्त्रालयमार्फत भारतका राष्ट्रपतिसमक्ष मंगलबारै पत्र पठाएको सञ्चारविज्ञ ढकालले जानकारी दिए । कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार