काठमाडौंः बिहिबार आज सुनको मूल्य उकालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला ७०० रुपैयाँले बढेर ९४ हजार २०० मा कारोबार भएको छ। मंगलबार प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ। चाँदी आज १ हजार ५० रुपैयाँमा नै खरिद बिक्री भइरहेको महासङ्घले जनाएको छ। मंगलबार प्रतितोला १ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया