असार २८, २०८२ शनिबार July 12, 2025

अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा लकडाउन घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अस्ट्रेलियाको भिक्टोरिया स्टेटमा कोरोना भाइरसको संक्रमण बढेसँगै लकडाउन घोषणा गरिएको छ । राजधानी मेलबर्नमा नयाँ संक्रमितहरुको पहिचान भएसँगै सात दिनको लागि लकडाउन लागू गरिएको हो ।

बिहिबार मध्यरातबाट लकडाउन सुरु हुने अधिकारीहरुले बताएका छन् । हाल मेलबर्नमा २६ जना संक्रमित भेटिएका छन् । उनीहरुको सम्पर्कमा आएको १५० जनाको पनि पहिचान भइसकेको छ ।

हाल भिक्टोरियामा कोरोनाको निकै संक्रामक मानिएको बि १ २१७ भेरियन्टको लहर देखिएको छ । बाहिरबाट भिक्टोरियामा प्रवेश गरेका एकजना व्यक्तिमा उक्त नयाँ स्ट्रेन देखिएको र त्यहींबाट संक्रमण फैलिएको अनुसन्धानका क्रममा फेला परेको छ। त्यसैले थप संक्रमण फैलिन नदिन लकडाउन गरिएको अधिकारीहरुले बताएका छन् ।

सात दिनको लागि घोषणा गरिएको लकडाउनमा अत्यावश्यक काम, व्यायाम र कोभिड १९ विरुद्ध भ्याक्सिन लगाउनबाहेक अन्य काममा बाहिर निस्किन प्रतिबन्ध लगाइएको छ । सबै प्रकारका सभा सम्मेलनहरुमाथि रोक लगाइएको छ भने कुनै पनि व्यक्तिलाई ५ किलोमिटरभन्दा टाढा यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । विद्यालय, प्रार्थनास्थल लगायत धेरै भिड हुने क्षेत्र बन्द गर्न निर्देशन दिइएको छ । र, सबैलाई अनिवार्य मास्क लगाउन भनिएको छ ।

भिक्टोरियामा संक्रमण बढेपछि अरु राज्यहरुले त्यहाँबाट आउने मानिसहरुमाथि रोक लगाउने तयारी गरिरहेका छन् । – वीवीसीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया