असार २८, २०८२ शनिबार July 12, 2025

सिरियाको राष्ट्रपतिमा बसर अल असद भारी मतका साथ चौथो पटक निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन् । दुई दिनअघि भएको मतदानबाट असद नै पुनः राष्ट्रपति निर्वाचित भएका हुन् ।

सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका सिन्ह्वाले जनाएको छ । समाचारमा जनाइएअनुसार उनले यस पटकको निर्वाचनमा आखफ्ना प्रतिद्वन्द्वीहरुको भन्दा निकै धेरै मत ल्याएका छन् । उनको ९५.१ प्रतिशत मत आएको सिरियाको संसदले घोषणा गरेको छ । उनले यसअघि सन् २०१४ मा भएको निर्वाचनमा ८८ प्रतिशत मत ल्याएएकोमा यस पटक भने त्यो भन्दा पनि बढी मत हासिल गरेका हुन् ।

यस पटक समेत गरी असद सिरियाको राष्ट्रपतिमा चौथो पटक निर्वाचित भएका हुन् भने उनको कार्यकाल सात वर्षको हुनेछ ।

सिरियामा अहिले पनि सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रहरुमा मात्र मतदान भएको बताएको थियो । खासगरी सिरियाको राजधानी र सरकारको नियन्न्त्रणमा रहेका क्षेत्रहरुबोहकका क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा बनाइएको थियो ।

सिरियाका आन्तरिक मामिलासम्बन्धी मन्त्री मोहमद अल रहमाउनले सिरियामा बुधबार भएको मतदान शान्ति सुरक्षाको व्यवस्था मिलाइएका कारण शान्तिपूर्ण रुपमा सम्पन्न भएको जानकारी दिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सिरियाका राष्ट्रपति बसार अल असदसहित यहाँका तीन जनाले राष्ट्रपति पदमा उम्मेदावारी दिएका थिए । सिरियामा केही वर्ष अघिदेखि नै राष्ट्रपति असदका विरुद्धमा आन्दोलन चर्किएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार