असार २७, २०८२ शुक्रबार July 11, 2025

भारतमा कोभिड-१९ को संक्रमण दर घट्ने क्रम जारी – शुक्रबार थप १ लाख ८६ हजार ३६४ जनामा कोरोना संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख ८६ हजार ३६४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएको छ ।
बिहीबार भारतमा कोरोना सङ्क्रमणको यो सङ्ख्या ४४ दिनयताको सब भन्दा कम हो । कोरोना सुरु भएयता देशभर हालसम्म कूल संक्रमित २ करोड ७५ लाख भन्दा बढी भएको छ ।
भारतमा हाल कोभिड–१९ का २३ लाख ४३ हजार १५२ व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।
विगत २४ घण्टामा २ लाख ५९ हजार ४५९ व्यक्ति कोभिडबाट सङ्क्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रवार जनाएको छ । भारतमा गत मे १० मा सक्रिय सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेको थियो ।
तर दैनिक मृत्यु दरमा सोचे जति कमी आएको छैन । मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको विवरणमा २४ घण्टाको अवधिमा ३ हजार ६६० जनाको कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएको उल्लेख छ ।
यो सहित भारतमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ३ लाख १८ हजार ८९५ जनाको ज्यान गएको छ ।
साथै, भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार ३३ करोड ९० लाख ३९ हजार भन्दा बढी नमुना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म भारतमा कूल २० करोड ५७ लाख डोज खोप लगाइएको छ ।रासस–एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया