श्रावण २, २०८२ शुक्रबार July 18, 2025

आफ्नो घरको वाईफाई स्पिड यसरी बढाउनुहोस् ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अहिले महामारीको समयमा हामी सबैलाई इन्टरनेटको खपत एकदमै बढेको छ । अध्ययन अध्यापनदेखि काम गर्नसम्म सबैको लागि इन्टरनेट राम्रो हुनु एकदमै महत्वपूर्ण छ । आज सोही विषयलाई मध्यनजर गर्दै आफ्नो घरको वाईफाई स्पीड कसरी बढाउने भन्नेबारे हामी चर्चा गर्दै छौं ।

१. आफ्नो राउटरलाई खुल्ला ठाउँमा राख्ने 

आफ्नो राउटरलाई खुल्ला ठाउँमा वा घरको प्रमुख तल्लामा राखेमा ईन्टरनेटको स्पीड बनाउन सकिन्छ ।

धेरै सामान, भित्ताहरुले गर्दा पनि वाईफाई सुस्त हुने गर्दछ । राउटरलाई भुँइमा भन्दा पनि कुनै फर्निचरको माथि राख्दा राम्रो हुने गर्दछ । कर्डलेस फोन, माइक्रोवेब जस्ता विद्युतिय उपकरणहरुबाट हामीले सम्भवत राउटरलाई टाढा राख्नुपर्छ । राउटरको एन्टीनालाई पनि परपेन्डिकुलर (९० डिग्री), एउटालाई तेस्रो र अर्काेलाई ठाडो बनाएर राख्दा राम्रो हुन्छ ।

तपाईको घरमा वायरलेस डेडस्पट भेट्याउनका निम्ति क्लाउडचेक जस्ता मोबाइल एपलाई प्रयोग गरेर परिक्षण गर्न सकिन्छ । यसले तपाईको घरमा सिग्नल सबैभन्दा राम्रो कहाँ आउँछ भनेर देखाउने गर्दछ र तपाईले त्यहीनै राउटर राख्न सक्नुुहुनेछ ।

२. नौलो वाईफाई प्रविधिको प्रयोग 

प्रविधिहरु परिवर्तन भईरहेको हुन्छ । वाईफाई स्पीड बढाउन सबैभन्दा राम्रो तरिका भनेको नयाँ हार्डवेयर प्रयोग गर्नु हो । पुरानो वायरलेस मोडेलभन्दा नयाँ माडेलहरु तीन गुणा राम्रो चल्ने गर्दछ ।

तपाईले पक्कै पनि डब्लुपिए भएको वाईफाई छान्दा राम्रो हुनेछ । आफ्नो वाईफाईलाई जहिले पनि पासवर्डले सुरक्षित गर्नुपर्छ ।

३. डिभाइस सिमीत गर्ने र सेटिङ्गलाई अप्टीमाइज गर्ने 

धेरैजसो राउटरहरुमा क्वालिटी अफ सर्भिस भन्ने सेटिङ्ग रहेको हुन्छ । यसले कुन एपलाई ईन्टरनेट ब्याण्डविथको पहुँच दिने भनेर छुट्याउन सकिन्छ ।

उदाहरणको रुपमा तपाईको कुनै फाइल डाउनलोड भईरहँदा कुनै महत्वपूर्ण वेबिनारमा जोडिनु परेमा यसले धेरै प्राथमिक्ता कललाई दिन्छ । यस्तोमा फाइल त तपाईले पछि पनि डाउनलोड गर्न सक्नुहुन्छ तर सुरुमा के महत्वपूर्ण छ त्यसलाई प्राथमिक्ता दिएर काम गर्न सकिन्छ ।

त्यस्तै वायरलेस राउटको फर्मवेयर र ड्राइभरमा पछिल्लो अपडेट गरिएको छ की छैन् भन्ने कुरामा पनि ध्यान पु¥याउनुपर्छ । यसको लागि राउटर सेटिङ्गमा गएर म्यानुअली अपडेट स्टार्ट गर्नुपर्ने हुन्छ ।

वाईफाई एनालाईजर वा वाईफाइ स्कयानर प्रयोग गरेर वाईफाईको च्यानेल तपाईको छिमेकी भन्दा भिन्न पार्न सकेमा पनि ईन्टरनेटको स्पीड राम्रो हुने गर्दछ । -आईसिटीखबर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार