असार २६, २०८२ बिहिबार July 10, 2025

जसपा स्पष्टीकरण प्रकरणः विवाद उत्कर्षमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जनता समाजवादी पार्टीको दुवै पक्षले एकले अर्कालाई २४ घण्टे स्पष्टीकरण पठाएका छन्। यसबाट जसपाको विवाद उत्कर्षमा पुगेको छ। दुवै पक्षले एकले अर्कालाई स्पष्टीकरण सोधेको यो दोस्रो पटक हो।

यसअघि जेठ ११ गते दुवै पक्षले तीन/तीन दिनको स्पष्टीकरण सोधेका थिए। पहिलो पटक सोधिएको स्पष्टीकरणमा दुवै पक्षले जवाफ पठाएनन्। दोस्रो पटक सोधिएको स्पष्टीकरणमा पनि दुवै पक्षका नेताले जवाफ नदिने भएका छन्। स्पष्टीकरण सोधिएको अवधि समाप्त भएमा एकले अर्कालाई कारबाही गर्ने तयारी दुवै पक्षले गरेका छन्।

दुवै पक्षले एकले अर्कालाई पार्टीबाट निष्कासित गर्ने तयारीमा पुगेको छ। शनिबार बिहान उपेन्द्र यादवले महन्थ ठाकुर र ठाकुरनिकट राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोधे। स्पष्टीकरण चित्त नबुझे पार्टीबाट निकाल्ने चेतावनी यादवले दिएका छन्। यादव पक्षबाट स्पष्टीकरण सोधिएको लगत्तै ठाकुर पक्षले यादवलाई स्पष्टीकरण सोधेका छन्।

ठाकुरले सोधेको स्पष्टीकरण पनि २४ घण्टाका लागि समय दिइएको छ। ठाकुरलगायत ठाकुरनिकट नेताहरूलाई सोधिएको स्पष्टीकरणमा कार्यालय प्रमुख प्रकाश अधिकारीले हस्ताक्षर गरेका छन् भने यादवलाई सोधिएको स्पष्टीकरणमा ठाकुर आफैंले हस्ताक्षर गरेका छन्।

दुवै पक्षले आफूलाई आधिकारिक देखाउन कार्यकारिणी समितिमा बहुमत जुटाउन सक्रिय भएका छन्। कार्यकारिणीमा अहिले यादव पक्ष बहुमतमा छ तर यादव पक्षका केही सदस्य कित्ता परिवर्तन गरी आफूतिर आइसकेको ठाकुरनिकट नेता बताउँछन्। नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार