असार २६, २०८२ बिहिबार July 10, 2025

प्रचारमुखी बजेट : कांग्रेस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई प्रचारमुखीको संज्ञा दिएको छ । कांग्रेसले बजेटलाई जनता झुक्याउने र प्रचारमुखी नारा राखिएको बताएको हो ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटलाई कांग्रेसले निर्वाचन लक्षित र जनता झुक्याउन ल्याइएको नाराको संज्ञा दिएको हो ।

कांग्रेस नेता डा. मीनेन्द्र रिजालले काम चलाउ सरकारले घोषित निर्वाचनलाई लक्षित गरेर जनतालाई झुक्याउने गरी बजेट ल्याइएको बताए ।

‘बजेटमा जनतालाई झुक्याउने नाराहरू समेटिएका छन्, वैधानिकता गुमाएर काम चलाउ बनेको सरकारले जनता झुक्याउने नारा बजेटमा ल्याएको देखियो,’ कांग्रेसले बनाएको छाया सरकारका अर्थमन्त्रीसमेत रहेका नेता रिजालले भने ।

उनले बजेटका कुनै पनि आँकडा सजिलो नभएको र आकार मात्रै ठूलो रहेको बताए । यस्तै, बजेटको अनुमानित खर्च र राजस्व संकलन पनि सम्भव नरहेको बताए ।

‘यो वर्षको संशोधित खर्च भन्दा झन्डै ३० प्रतिशतले बढी खर्च गर्छु भनेको छ, त्यो सम्भव छैन, राजस्वको अनुमान २५ प्रतिशतले थपिन्छ भनेको छ, त्यो पनि सम्भव छैन,’ कांग्रेस नेता रिजालले भने ।

यसैगरी पूर्व अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. रामशरण महतले बजेट राजनीतिक स्वार्थ पूरा गर्न केन्द्रित देखिएको बताए ।

‘बजेट राजनीतिक स्वार्थ पूरा गर्न केन्द्रित देखियो, बजेट कार्यान्वयन हुन कठिन छ, बजेटमा कुन कार्यक्रम कति समयमा सकिने भन्ने पनि उल्लेख छैन,’ कांग्रेस नेता महतले भने ।

उनले सरकारले प्रस्तुत गरेको बजेटलाई प्रचारात्मक बजेटका रूपमा आफूले हेरेको बताए । ‘यो तुरुन्तै लागू हुँदैन, बजेटमा स्वार्थपूर्तिको मूल लक्ष्य मात्रै देखियो, यसबाट देशले केही पाउने मैले देखिराखेको छैन, कार्यान्वयन कठिन छ,’ महतले थपे । -राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार