असार २६, २०८२ बिहिबार July 10, 2025

संक्रमितको निको हुने सङ्ख्या बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा शनिबार थप चार हजार ४८७ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । योसहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या पाँच लाख ५३ हजार ४२२ पुगेको छ ।

यसैगरी छ हजार ८० जना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा चार लाख ३४ हजार ७५० जना निको भएका छन् । शनिबार थप ११६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात हजार १६३ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ हजार छ जनाको पीसीआर र ७४६ जनाको एन्टिजेन विधिबाट गरी कुल १४ हजार ७५२ जनाको कोभिड–१९ परीक्षण गरिएको थियो ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ५०९ रहेको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आईसीयूमा एक हजार ६१४ जना र भेन्टिलेटरमा ४५७ जना सङ्क्रमित उपचाररत छन् । -गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार