असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपतिको खोप कुटनीतिः बेलायती महारानी र रुसी राष्ट्रपतिलाई पत्र

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले ‘खोप कूटनीति’ लाई निरन्तरता दिने क्रममा बेलायतकी महारानी एलिजाबेथ द्वितीय र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि पत्र पठाएकी छन् ।

राष्ट्रपति भण्डारीले एलिजाबेथ द्वितीय र पुटिनलाई नेपालका लागि कोरोनाविरुद्धको खोप खरिदमा सहायता गरिदिन पत्र पठाएकी हुन् । राष्ट्रपति कार्यालयले एलिजाबेथ द्वितीयलाई आइतबार र पुटिनलाई शुक्रबार पत्र पठाएको हो ।

पुटिनलाई पठाइएको पत्र मस्कोस्थित नेपाली दूतावासले त्यहाँको विदेश मन्त्रालयमा हस्तान्तरण गर्न बाँकी छ । महारानीलाई भने आइतबारै काठमाडौंस्थित दूतावासमार्फत बेलायतको विदेश मन्त्रालयमा प्रेषित गरिएको छ ।

राष्ट्रपति भण्डारीले रुससँग त्यहाँ उत्पादित स्तुपनिक–५ खोप सहयोगका लागि अनुरोध गरेकी हुन् । उक्त खोपलाई नेपालको स्वास्थ्य सेवा विभागले पनि आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ ।

कोरोना भाइरसको दोस्रो लहर बढेपछि नेपालमा संक्रमण रोक्नका लागि सहयोग भन्दै राष्ट्रपति भण्डारीले सुरुआतमा जेठ १२ गते दक्षिण छिमेकी भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई पत्र लेखेकी थिइन् । उनले कोविन्दसँग खोप सहयोग गर्न अनुरोध गरेकी थिइन् । -कान्तिपुर दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार