असार २७, २०८२ शुक्रबार July 11, 2025

चीनका नागरिकले तीन सन्तान जन्माउन पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनमा घट्दो जन्मदरका कारण जनसांख्यिकीय अभाव भएपछि प्रत्येक जोडीलाई कम्तीमा तीन सन्तान पाउनका लागि अनुमति दिइने भएको छ । यो सँगै अब चीनका नागरिकले तीन जनासम्म सन्तान जन्माउन पाउने भएका छन् ।

राष्ट्रपति सी चिनफिङको अध्यक्षतामा बसेको पार्टी पोलिटब्यूरो बैठकमा एक जोडीलाई तीन सन्तान जन्माउनका लागि अनुमति दिने प्रस्ताव पारित गरिएको हो । काम गर्न नसक्ने वृद्ध मानिसहरूको संख्या बढ्दै गएपछि चिनियाँ कम्युनिस्ट पार्टीले यो निर्णय लिएको हो ।

सोमबार एक सूचना जारी गर्दै चीनले साे नीति ल्याएको छ। यसअघि चीन सरकारले २ सन्तानको नीति ल्याएको थियो।

यसले चीनको जनसंख्या संरचनालाई सुधार गर्ने र वृद्ध मानिसको संख्या बढ्दाखेरी आएको समस्यालाई निराकरण गर्ने अपेक्षा गरिएको छ ।

यससँगै चिनियाँ अधिकारीहरूले सुत्केरी बिदाको व्यवस्था र मातृ बीमाको प्रणालीमा सुधार ल्याउने पनि प्रतिज्ञा गरेका छन् । उनीहरूले कर र आवास लगायतका क्षेत्रमा रहेका नीतिलाई बलियो पनि बनाउने भएका छन् । – एजेन्सी।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया