श्रावण २, २०८२ शुक्रबार July 18, 2025

डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कुनै फाइल तपाईले झुक्किएर डिलिट गरिदिनुभयो वा फाइलको कुनै भाग डिलिट भएमा एकदमै दिक्क लाग्ने गर्छ । धेरैजस्तो बेला यस्तो भएमा फाइल ‘रिसाईकल बिन’ मा बसिरहेको हुन्छ । त्यही कारणले सबैभन्दा पहिले रिसाईकल बिनमा नै खोज्नुपर्छ ।

रिसाईकल बिनमा डबल क्लिक गरेर भित्र केके छ भनेर थाहा हुन्छ । यसपछि सामान्यतया त्यो फाइललाई डेक्सटपमा ड्रयाग गरेपछि त्यो फाइल पुनः प्रयोग गर्न सकिन्छ ।

फाइल हिस्ट्री प्रयोग गरेर डिलिट गरेको फाइल कसरी रिकभर गर्ने ? 

ब्याकअप अन नगरेको खण्डमा फाइल हिस्ट्री ब्याकअप प्रयोग गरेर पनि फाइल रिकभर गर्न सकिन्छ । यदि अन गर्नुभएको छैन् भनेर तलको प्रक्रिया प्रयोग गर्न सक्नुहुनेछ ।

तपाईको पिसीमा विन्डोज टेन चलिरहेको भएमा स्टार्ट बटन सेलेक्ट गर्ने र सेटिङ्गमा थिचेर अपडेट एण्ड सेक्युरिटी भन्ने अप्सनमा थिच्नुपर्छ । यसपछि ब्याकअप भन्ने अप्सनमा थिच्ने र त्यहाँ आड अ ड्राइभ भन्ने अप्सन आउँछ र त्यसमा थिच्ने । यति गरेपछि ब्याकअपका निम्ति  एक्सटर्नल ड्राइभर वा नेटवर्क लोकेसन छान्नुपर्छ ।

अब महत्वपूर्ण फाइल वा फोल्डर रिस्टोर गर्न के गर्ने त ? 

१. सर्वप्रथम टास्कबारको सर्च बक्समा गएर रिस्टोर फाइल्स भनेर टाइप गर्नुपर्छ । त्यसपछि ‘रिस्टोर योर फाइल्स विथ फाइल हिस्ट्री’ भन्ने अप्सनमा थिच्नुपर्छ ।

यति गरेपछि आफूलाई चाहिएको फाइल खोज्ने र त्यहाँ एउटा एरो पनि हुन्छ जसले त्यो फाइलको सबै भर्सनहरु ह्ेर्न दिन्छ । आफूलाई मनपर्ने भर्सन पाएपछि र्सिटोरमा थिचेर पहिलेको ठाउँमा सेभ गर्न सकिन्छ ।

छुट्टै ठाउँमा सेभ गर्नुपरेमा रिस्टोर अप्सनलाई एकछिन सम्म थिचिरहने र त्यसपछि त्यहाँ रिस्टोर टू भन्ने अप्सन आउँछ र नयाँ लोकेसन छान्न सकिन्छ ।

ब्याकअप नभएमा के गर्ने त ? 

तपाईसँग कुनै ब्याकअप छैन् र तपाईको फाइल पनि ट्रयासमा छैन् भने तपाईले विभिन्न फाइल रिकभरी प्रोग्रामहरु प्रयोग गर्न सक्नुहुन्छ । उदाहरणका लागि पिरिफर्म रेकुभा वा स्टेलार डेटा रिकभर जस्ता रिकभरी प्रोग्रामहरु हुने गर्दछन् ।

पहिले म्याकको लागि रहेको तर अहिले विन्डोजमा पनि उपलब्ध रहेको डिस्क ड्रिल पनि एउटा राम्रो विकल्प हो । यसले आदि लेखेको हराएको फाइल, हार्ड ड्राइभ रिर्फम्याटिङ, बुट अप गर्न नसकेको, झुकेर डिलिट गरेको जस्तो समयमा एकदमै मद्दत पु¥याउने गर्दछ ।

अर्काे विकल्प खोज्नुपर्दा के त्यो फाईल तपाईले कसैलाई ईमेल गर्नुभएको थियो की भन्ने पनि सम्भावना हेर्नुपर्छ । ड्रपबक्स, आईक्लाउड वा स्काईड्राईभमा फाइलको कपी सेभ गरेको छ की भनेर पनि एकपल्ट हेर्दा राम्रो हुन्छ । तर ब्याकअप राख्न भने सबैभन्दा महत्वपूर्ण स्टेप हो । – आईसिटीसमाचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार