काठमण्डौंः जापानले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोना भाइरस विरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरूको समूहले अमेरिकी कम्पनी फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप गरिएको हो ।
१६वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई भने यस अघिदेखि नै यो खोप दिँदै आइएको थियो । दुई हजार दुई सय ६० बालबालिकामा गरिएको परीक्षणको नतिजा सकारात्मक आएपछि १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि खोप लगाउने अनुमति दिइएको हो ।
जापानी सरकारले गत फेब्रुअरी महिनामा फाइजर खोपलाई अनुमति दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई खोप लगाउन सुरु गरेको थियो । यस्तै ज्येष्ठ नागरिकका लागि यही अप्रिल महिनामा खोप अभियान सुरु भएको थियो ।
जापानले नौ करोड सत्तरी लाख नागरिकका लागि फाइजरको खोप प्राप्त गरिरहेको छ । एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया