असार २६, २०८२ बिहिबार July 10, 2025

विपक्षी र कानुनविद्प्रति ओलीको आक्रोश – पूर्वप्रधानन्याधीशहरूलाई ‘आउटडेटेड एलिमेन्ट’ को संज्ञा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गत दुई दिनयता विपक्षी र कानुनविद्प्रति आक्रोश पोखिरहेका छन्। सर्वोच्च अदालतमा भइरहेको बहस र विपक्षीको आलोचनालाई लिएर ओली आक्रोशित भएका हुन्। प्रधानमन्त्री ओलीले अदालतमा भएको बहस तथा पूर्वप्रधानन्यायाधीशहरूले निकालेको वक्तव्यलाई लिएर सार्वजनिक रूपमा टीकाटिप्पणी गरिरहेका छन्। सोमबार युवा संघको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले चारजना पूर्वप्रधानन्यायाधीशमाथि आक्रोश पोखे।

आफूले लेखेर दिएको फैसलामात्रै अदालतले सुनाउनुपर्ने जसरी पूर्वन्यायाधीशहरूले विज्ञप्ति जारी गर्न थालेको भन्दै ओलीले कटाक्ष गरे। पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, कल्याण श्रेष्ठ, अनुपराज शर्मा र सुशीला कार्कीले केही दिनअघि विज्ञप्ति जारी गर्दै संसद् विघटनको विरोध गरेका थिए। संसद् विघटनलाई संविधान मास्ने खेलको रूपमा व्याख्या गरेपछि ओली उनीहरूमाथि खनिएका हुन्।

संसद् विघटन मुद्दामा सर्वोच्चमा जारी सुनुवाइमा संवैधानिक इजलास गठनको विषयमा प्रश्न उठाउने कानुन व्यवसायीमाथि पनि प्रधानमन्त्री ओली खनिएका छन्। ‘उहाँहरू त्यही चाहिरहनुभएको छ। हामीले लेखेर दिएको फैसला पढी सुनाउने न्यायाधीशबाहेकलाई हामी मान्दैनौं। यसले न्यायालय कुन अवस्थामा पुग्दैछ। कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ? कुन हैसियतमा पुर्‍याउँदै हुनुहुन्छ ? बडो गम्भीर विषय छ।

पूर्वन्यायमूर्ति, उहाँहरूले न्यायालयको कसरी हुर्मत लिँदै हुनुहुन्छ, पेन्सन खाएर। आफ्नो समयमा केही नगर्ने अनि वर्तमान न्यायालयका कामकारबाहीमाथि हस्तक्षेपकारी ताण्डव गर्ने सडकमा ? यसले हाम्रो लोकतन्त्रलाई कहाँ पुर्‍याउँछ’, प्रधानमन्त्री ओलीले भने। उनले पूर्वप्रधानन्याधीशहरूलाई ‘आउटडेटेड एलिमेन्ट’ को संज्ञा दिए।

उनले भने, ‘आउटडेटेड एलिमेन्टहरूबाट देशलाई दुष्प्रभावित हुन दिइने छैन। संकटका बेला यस्ता तत्वहरू सलबलाउँछन्।’ उनले संविधानको कमजोर र नकारात्मक व्याख्याको प्रवृत्ति सुरु भएको भन्दै चिन्तासमेत व्यक्त गरे। सम्बोधनका क्रममा उनले नेता माधव नेपाल र झलनाथ खनालको चर्को आलोचना गरे। नेपाल र खनाल विरोधीसँग साँठगाँठ गर्दै आफ्नै सरकार ढाल्न लागिपरेको, खुलेआम निर्दलीय अराजक गतिविधि गरेको आरोप उनको थियो।

‘अनुचित खालको तानातान, खिचातानी, अस्वस्थ गतिविधि भइरह्यो, त्यो एक पटक होइन निरन्तर चलिरह्यो, निर्दलीय, अनुशासनहीन र अराजक क्रियाकलाप खुलेआम भइरहे, यो सहनसक्ने कुरै छैन’, एमाले अध्यक्षसमेत रहेका ओलीले भने। नेपाल पक्षले लोकतन्त्रको मूल्यमान्यतालाई तिलाञ्जलि दिएको ओलीको दाबी थियो। ‘यति निर्लज्ज त मैले डेमोक्रेसीमा कहिल्यै देखेको छैन।

डेमोक्रेसीमा मूल्य–मान्यता छाडेर फ्लोर क्रस गर्ने–गराउने, बागी विद्रोही उम्मेदवार उठ्ने–उठाउने, बागी विद्रोहीलाई सगौरव घोषणा गर्ने, जिताउन मत हाल्ने, यो कुरा पत्रकार महासंघको चुनावमा पनि देखियो। वाग्मतीमा पनि देखियो। र, हामी एक्लै बहुमतमा थियौं, पार्टीभित्रैबाट खुलेआम अन्तरघात गरेर, अनुशासनहीनताको नांगो नाच प्रस्तुत भयो’, ओलीले भने। आइतबार महिला अधिकारसम्बन्धी कार्यक्रममा बालुवाटरस्थित सरकारी निवासबाट सम्बोधन गर्दै ओलीले पार्टीभित्रकै झलनाथ खनाल र माधव नेपालले पार्टीलाई धराशयी बनाउन खोजेको आरोप लगाएका थिए। बिस्तृत समाचार नागरिक दैनिकमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार