काठमाडौं: नेकपा एमालेका नेता भीम रावलले कोभिडविरुद्धको खोप सहयोगका विषयमा राष्ट्रपतिले गरेको पत्राचारका विषयमा पुन: टिप्पणी गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ? भन्दै प्रश्न गरेका छन् ।
‘मुख छँदाछँदै नाकले पानी पिइन्छ र?,’ उनले लेखेका छन्, ‘कोरोनाको निहुँमा संवैधानिक व्यवस्था र मर्यादा मिच्न पाइन्छ? खोपबारे राष्ट्रपतिले कुरा र पत्राचार गर्नुभएको देशमा सरकार केही गर्ननसक्ने स्थितिमा हो? राष्ट्रपतिले राष्ट्रपतिसँग कुरा र पत्राचार गर्नैपर्ने भन्नेले कार्यकारी राष्ट्रपति नभएको देशमा हेर्नू।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया