श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पीडीएफलाई वर्ड फाइलमा कसरी कन्भर्ट गर्ने ? टिप्स सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अहिलेको समयमा अफिस वा अन्य डकुमेन्ट पीडीएफ फर्म्याटमा पठाउने चलन छ । यो फर्म्याटमा फाइलहरु निकै कम्प्रेस्ड रुपमा राखिएको हुन्छ ।

जसले गर्दा फाइल हलुका हुन्छ र सजिलै जता पनि सार्न सकिन्छ । धेरै जसो समय हामीले पीडीएफ फाइलकै प्रयोग गरिरहेका हुन्छौं । तर पीडीएफ त्यतिखेर झन्झटिलो बनिदिन्छ, जब तपाईं एडिट गर्न खोज्नुहुन्छ ।

पीडीएफ फाइलमा कुनै सम्पादन गर्न चाहनुहुन्छ भने त्यसलाई वर्डमा कन्भर्ट गर्नुको विकल्प छैन । यस्तोमा धेरैजसो व्यक्तिहरुलाई पीडीएफलाई वर्डमा कन्भर्ड गरेर एडिट गर्ने तरिका थाहा हुँदैन ।

आज हामी यसको बारेमा सजिलो टिप्स बताउँदै छौं । जसको सहयोगमा तपाईं सहजै पीडीएफ फाइललाई वर्डमा रुपान्तरण गर्न सक्नुहुनेछ ।

यसो गर्नुहोस्

सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । अब वेब पेजमा गएर पीडीएफ टु वर्डको अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले फाइल छनौट गर्ने अप्सन देख्न सक्नुहुनेछ ।

त्यसमा क्लिक गरेपछि एउटा डायलग बक्स खुल्नेछ । अब तपाईंले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । फाइल अपलोड भइसकेपछि कन्भर्ट बटनमा दबाउनुहोस् ।

फाइल कन्भर्ट भएपछि तपाईंले डाउनलोड बटनमा क्लिक गर्नुपर्ने हुन्छ । यो वेबसाइटको सहयोगमा यसरी तपाईंले पीडीएफबाट सहजै वर्डमा कन्भर्ट गर्न सक्नुहुन्छ ।

अफलाइनमा कसरी गर्ने ?

अनलाइनमात्र होइन पीडीएफलाई वर्डमा कन्भर्ट गर्ने अफलाइनको विकल्प पनि छ । त्यसका लागि तपाईंले वण्डर शेयर पीडीएफ एलिमेन्ट सफ्टवेयर डाउनलोड गरेर इन्स्टल गर्नुहोस् ।

सफ्टवेयर डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् र फ्रि डाउनलोडमा दबाउनुहोस् ।

सफ्टवेयर इन्स्टल भएपछि त्यसलाई खोल्नुहोस् र आफूले वर्डमा कन्भर्ट गर्न चाहेको पीडीएफ फाइललाई सेलेक्ट गर्नुहोस् । यसरी यो सफ्टवेयरले तपाईंको पीडीएफ फाइललाई अफलाइनमै वर्ड फाइलमा कन्भर्ट गरिदिन्छ । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार