असार २७, २०८२ शुक्रबार July 11, 2025

नेदरल्यान्ड्सद्वारा भारतसँगको हवाई उडानमाथिको प्रतिबन्ध फुकुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेदरल्यान्ड्सले भारतबाट हुने यात्रुबाहक हवाई उडान यही जुन १ देखि लागू हुनेगरी पुनः खोलेको छ ।

भारतमा कोभिड–१९ को महामारी व्यापक भएको भन्दै नेदरल्यान्ड्सले गत अप्रिल २६ देखि हवाई उडान बन्द गरेको थियो । तर कोरोनाभाइरसको महामारीको उच्च जोखिम रहेका मुलुकबाट युरोपतर्फ हुने उडानमाथि युरोपेली युनियनको प्रतिबन्ध भने यथावत छ ।

युरोपेली युनियनले कोभिडको उच्च जोखिम भएका मुलुकबाट गैर युरोपेली नागरिकलाई युरोप प्रवेश गर्न प्रतिबन्ध लगाएको छ जसमा भारत पनि समावेश छ । – (रासस–एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया