असार २६, २०८२ बिहिबार July 10, 2025

ठाकुर, महतो र त्रिपाठीको नयाँ पार्टी गठन गर्ने योजना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जसपाबाट निस्कासित महन्थ ठाकुर, राजेन्द्र महतो र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबीच भेटघाट भएको छ । मंगलबार सिंहदरबारमा तीन नेताबीच भेटघाट भएको जसपा स्रोतको दाबी छ ।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) मा तीनै नेता रहेका थिए । तर, पछिल्लो प्रतिनिधिसभा निर्वाचन ताका त्रिपाठीले छुट्टै राजनीतिक समूह गठन गर्दै एमालेसँग सहकार्य गरेर निर्वाचनमा सहभागी भएका थिए । अहिले उनी स्वास्थ्यमन्त्री छन् ।

स्रोतका अनुसार ठाकुर, महतो र त्रिपाठीले नयाँ दल गठन गर्ने विषयमा छलफल गरेका छन् ।

जसपा कार्यकारिणी समितिमा अल्पमतमा रहेका ठाकुर र महतो समूहले त्रिपाठीसँग मिलेर पुरानै जसपा ब्युँताउने विषयमा छलफल गरेका हुन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया