काठमाडौंः नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले बजेटमार्फत खानीढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी निकासी गर्ने नीति ल्याएर सरकारले भारतको दलाली गरेको आरोप लगाएका छन् ।
वैद्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै देशको पर्यावरण तथा राष्ट्रिय अस्मिताकाविरुद्ध खानीढुङ्गा, गिट्टी, बालुवा भारततर्फ निकासी गर्ने नीति ल्याएर सरकारले भारतीय विस्तारवादको दलाली गरेको बताएका हुन् ।
‘गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने मात्र होइन, देशको राष्ट्रिय स्वाधीनतामाथि नै गम्भीर खतरा पैदा हुन थालेको छ,’ वैद्यले विज्ञप्तिमा भनेका छन्, ‘यो बेला एकैसाथ राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिलेभन्दा झनै गम्भीर बन्दै गएका छन् र देश निरंकुशतावाद, फाँसीवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको छ ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया