श्रावण ५, २०८२ सोमबार July 21, 2025

काँग्रेसको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न संस्थापनलाई दबाब दिने पौडेल समुहको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसका बरिष्ट नेता रामचन्द्र पौडेल पक्षले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै गर्न संस्थापनलाई दबाब दिने भएको छ ।

पौडेल पक्षको आज बसेको भर्चुअल बैठकले महाधिवेशन समयमै गर्ने पहल गर्न महामन्त्री डा. शशांक कोइरालालाई जिम्मेबारी दिएको छ । उनले पार्टी केन्द्रीय समिति बैठक आह्वान गर्न र महाधिवेशन समयमै गर्ने वातावरण निर्माण गर्न संस्थापनसँग पहल गर्नेछन् ।

बैठकमा सहभागी केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको १४ औं महाधिवेशन समयमै गर्न पहलकदमी लिने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । कांग्रेसले आगामी भदौ ७ देखि १० गतेसम्म महाधिवेशनको मिति कार्यतालिकासहित सार्वजनिक गरिसकेको छ । तर, कार्यतालिका अनुरुपका काम भएका छैनन् ।

भर्चुअल बैठकमा नेता पौडेल, महामन्त्री डा. कोइरालासहित कोषाध्यक्ष सितादेवी यादव तथा नेताहरू प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, सुजाता कोइराला, मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीलेन्द्र बढु, जीवन परियार, बद्री पाण्डे, गुरुराज घिमिरे, गगन थापा, प्रदीप पौडेल, कमला पन्त, हृदयराज थानी, रामकृष्ण यादव र गुरुङ सहभागी थिए ।

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यहरू पौडेल, परियार र गुरुङले सदस्यताबारे पछिल्लो अवस्था नेताहरूलाई जानकारी गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार