असार २७, २०८२ शुक्रबार July 11, 2025

नेटो राष्ट्रहरुले अफगानिस्तानमा सहयोग निरन्तर जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उत्तर एटलान्टिक सन्धी संगठन, नेटोमा आवद्ध रहेका देशहरुले अफगानिस्तानलाई सहयोग निरन्तर राख्ने जनाएका छन् ।

अफगानिस्तानको शान्ति स्थापनाको काममा नेटोआबद्ध देशहरुले सहगोग गर्दै आएका थिए। तर ती देशले काबुलबाट आफ्ना देशका सेना फिर्ता लैजाने निर्णय गरिसकेका छन् ।

सेना फिर्ता लगे पनि अफगानिस्तानमा शान्तिका लागि गर्दै आएको सहयोगका कामलाई नेटोले निरन्तरता दिने जनाएको बताइएको छ। नेटो संगठनका महासचिव जेन्स स्टोल्टेनबर्गले मंगलबार सो कुराको जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

नेटोका रक्षा मन्त्रीहरुको भर्चुअल बैठक सकिएलगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनका क्रममा महासचिव जेन्स स्टोल्टेनबर्गले सो कुराको जानकारी दिएका हुन्। सो पत्रकार सम्मेलनमा उनले नेटो देशहरुले अफगानिस्तानको सुरक्षाका लागि विगत लामो समयदेखि नेटो राष्ट्रहरुले गरिआएको सहयोगको स्मरण गरेका थिए ।

त्यसपछि उनले  अफगानिस्तानमा शान्ति स्थापनाको कार्यमा नेटोले पनि आवश्यक सहयोग गर्ने जानकारी दिएका थिए। उनले त्यस पत्रकार सम्मेलनमा भनेका थिए– हामीले अफगानिस्तानमा सैन्य मिसनको अन्त्य गर्न लागेका हौँ तर पनि हामीले अफगानिस्तानलाई गर्ने अरु खाले सहयोगको अन्त्य भने गर्न लागेका होइनौँ।

उनका अनुसार अफगानिस्तानको काबुलमा रहेका नेटो देशका सेनाहरु अब फिर्ता गर्ने प्रक्रिया शुरु भइसकेको छ। त्यसबमोजिम अब नेटोका देशहरुले त्यहाँबाट सेना फिर्ता गर्ने प्रक्रियाको थालनी गरिसकेका अमेरिका र नेटोआबद्ध देशहरुले जनाएका छन् ।

अफगान सरकार र त्यहाँका तालिबान विद्रोहीहरुबीचको वार्ताका क्रममा तालिबानहरुले अफगानिस्तानबाट नेटोसहित अमेरिकी सेनालाई फिर्ता गर्नुपर्ने माग गरेका थिए। उनीहरुको सो मागपछि अफगान सरकार र अमेरिका पनि त्यहाँबाट नेटो सेना फिर्तागर्न सहमत भएको यसअघिका समाचारहरुमा जनाइएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया