असार २६, २०८२ बिहिबार July 10, 2025

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एरोब्रिज सुविधा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पहिलो यानसेतु (एरोब्रिज) विमानस्थल बन्ने भएको छ ।

यानसेतु अर्थात् एरोब्रिज भनेको टर्मिनल भवनको प्रस्थान कक्षबाट सीधै जहाजभित्र प्रवेश गर्न मिल्नेगरी बनाइएको एक किसिमको यान्त्रिक आकाशे पुल हो ।

विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको नयाँ बन्ने टर्मिनल भवन ६ वटा यानसेतु रहने गरी डिजाइन भएको छ ।

डिजाइनको काम भारतीय परामर्शदाताले गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा नयाँ टर्मिनल भवनका लागि सरकारले पर्याप्त बजेट विनियोजन गरेपछि दोस्रो टर्मिनल भवनका लागि बोलपत्र आह्वानको तयारी अगाडि बढाइएको छ ।

सरकारले बजेटमा गौतमबुद्ध विमानस्थलका लागि तीन अर्ब ५४ करोड रुपियाँ विनियोजन गरेको छ ।

विमानस्थलका लागि पर्याप्त बजेट छुट्टिएकाले अब छिट्टै बोलपत्र आह्वान गरिने विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । -गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया