असार २६, २०८२ बिहिबार July 10, 2025

सरकार धाँधलीमा ब्यस्त बनेको विपक्षीको ठहर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विपक्षी गठबन्धनले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को धाँधलीयुक्त र भ्रष्ट कार्यमा व्यस्त रहेको निष्कर्ष निकालेको छ । गठबन्धनमा सम्बद्ध पाँच दलका शीर्ष नेताहरूको शुक्रबार बसेको बैठकले अवैधानिक सरकारले एकपछि अर्का जनतामा असर गर्ने प्रकृतिका धाँधलीयुक्त र भ्रष्ट कार्य गरिरहेको भन्दै एकताबद्ध भएर प्रतिरोध गर्ने निर्णय गरेको छ ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले समसामयिक राजनीतिक विषयको समीक्षा गर्दै संविधान, लोकतन्त्र र अहिलेको व्यवस्थाको रक्षाका निम्ति एकताबद्ध भएर संघर्ष गर्ने निष्कर्षमा पुगेको बताए । ‘ओली सरकारले एकपछि अर्को धाँधलीयुक्त कार्य गरिरहेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा दीर्घकालीन असर गर्ने र जनताको प्रत्यक्ष जीवनशैलीमा असर पुर्‍याउने प्रकृतिका नीति र योजना आएका छन् । त्यसको विरुद्धमा स्थानीय तहदेखि केन्द्रसम्मै एकताबद्ध भएर जानुपर्छ भन्ने निर्णयमा पुगेका छौँ,’ पौडेलले भने ।

नेता पौडेलले बैठकले सरकारका पछिल्लो गतिविधिको गम्भीर समीक्षा र खण्डन गरेको बताए । ‘सरकार काण्डै–काण्डमा फसेको छ । चुरेको दोहन गर्नेदेखि नुनको गुणस्तर र कोभिड महामारी नियन्त्रणमा सरकारको अकर्मण्यताका विषयहरू छन् । सरकार भ्रष्टाचारमा लिप्त छ । त्यसको सबै ढंगले एकताबद्ध भएर सर्वत्र विरोध गर्ने र अहिलेको परिस्थितिमा संविधान, लोकतन्त्र र व्यवस्थाको रक्षा गर्ने कुरा मुख्य हो,’ पौडेलले भने ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा शुक्रबार साँझ बसेको गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच गठबन्धनमा थप विश्वासको वातावरण बनाएर अघि बढ्नुपर्नेबारे समेत छलफल भएको छ ।

बैठकमा कांग्रेस सभापति देउवा, वरिष्ठ नेता पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, एमाले नेता माधवकुमार नेपाल र भीम रावल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, नेताहरू अशोककुमार राई र महेन्द्र राय यादव तथा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

बैठकका निर्णयबारे गठबन्धनले विज्ञप्तिमार्फत धारणा सार्वजनिक गर्ने तयारी रहेको कांग्रेसका महामन्त्री खड्काले बताए । ‘गठबन्धनको नियमित छलफल हो, अहिलेको राजनीतिक घटनाक्रम र सरकार गतिविधिबारे समीक्षा भयो । सरकारले अध्यादेशमार्फत ल्याएको बजेटले देशको ठूलो हिस्सालाई प्रभावित पार्ने काम गरेको छ, चुरेको दोहनदेखि नुनको गुणस्तरसम्मका अवैध विषयहरू छन्, त्यसबारे साझा र एकीकृत धारणा बनाउने र साझा प्रतिरोध गर्नेबारे छलफल भयो,’ महामन्त्री खड्काले भने ।

बैठकमा देउवा, प्रचण्ड, नेपाल र भट्टराईहरूले अहिले सर्वोच्च अदालतमा पेस गरिएको आफूहरूको दाबीका पछाडि प्रशस्त आधार भएको र सांसदहरूको सनाखतले थप पुष्ट्याइँ गर्ने भएकाले अहिल्यै आत्तिनुपर्ने अवस्था नभएको विश्लेषण गरेका थिए । ‘हाम्रो मागभन्दा सर्वोच्चले अर्को निर्णय गर्न सक्ने कानुनी वा वैधानिक आधार छैन । त्यसमाथि हामीले संविधानमाथि प्रश्न उठ्ने गरी पत्र बुझाएका छौँ, त्यसकारण अहिले अदालतको विश्वास गर्नैपर्ने वातावरण छ,’ बैठकपछि एक नेताले भने ।

बैठकमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका प्रचण्ड र नेकपा नेता नेपाल लगायतले सरकारले ऋणभार कम गर्ने नाउँमा चुरेको दोहन गर्ने र ढुंगा–गिटी तथा बालुवाको तस्करी गर्ने कार्यलाई वैधानिकता दिने प्रयास गरेको बताएका थिए । नेताहरूले तत्काल सर्वोच्च अदालतले दिन फैसलाप्रति विश्वासको वातावरण बनाएर गठबन्धनलाई एकताबद्ध भएर अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

छलफलका क्रममा नेताहरूले एमाले नेता नेपाललाई एमालेको एकता र अहिले गठबन्धनमा हस्ताक्षर गरेका सांसदहरूको भूमिकालाई लिएर प्रश्नसमेत उठेको छ । ‘हामी पार्टीभित्र प्रस्ट छौँ, यसलाई थप प्रस्ट पार्न चाहन्छु, वितगमा जे भयो, सकियो । अब हामी गठबन्धनभित्र एउटा मजबुत विश्वासको वातावरण बनाएर अघि बढौँ,’ नेता नेपालले भनेका थिए । बिस्तृत समाचार नयाँ पत्रिका दैनिकमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार