असार २७, २०८२ शुक्रबार July 11, 2025

अफगानिस्तानको शान्तिबारे विदेशमन्त्री स्तरीय वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग अफगानिस्तानको शान्ति र समसामयिक बिषयमा बिहीबार छलफल गरेको छ ।

वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी हुनुभएको भिडियो सम्मेलनमा ‘अफगानी शान्ति प्रक्रिया’, ‘चीन–अफगानिस्तान–पाकिस्तान सहयोग’ आधारित मैत्रीपूर्ण तथा गहन रूपमा बैचारिक आदानप्रदानलगायतका बिषयमा प्रतिवद्धता व्यक्त गरेका छन् ।

वार्तापछि चीन–अफगानिस्तान–पाकिस्तानका विदेश मन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै ‘अफगानी शान्ति प्रक्रिया, त्रिपक्षीय सहयोगको गहन प्रवद्र्धन लगायतका बिषयमा प्रविद्धता सहितको संयुक्त वक्तव्य जारी गरिएको छ ।

अफगानी शान्ति प्रक्रियालाई अघि बढाउँदै चाँडै युद्ध बिराम गरेर हिंसालाई अन्त्य गर्ने कुरामा तीनै पक्षले जोड दिएका छन् । साथै सबै किसिमका आतंकवादलाई प्रहार गर्दै आतंकवाद विरोधी दोहोरो मापदण्डलाई बन्द गर्दै पूर्वी टुर्किस्तान इस्लामिक आन्दोलन लगायत आतंकवादी शक्तिलाई संयुक्त प्रहार गर्दै जाने कुरामा सहमति गरेका बताइएको छ ।

महामारी प्रतिरोध, जनजीवनसँग घनिष्ट रहेका विषयहरू, सामाजिक सांस्कृतिक क्षेत्रमा हुने सहयोगको प्रवद्र्धन गर्दै ‘बेल्ट एण्ड रोड’ सहयोगको वस्तुगत विषयलाई विस्तार गर्दै उक्त क्षेत्रमा मानव कल्याण सिर्जना गर्ने सहमति भएको छ । (रासस-सिन्हा)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
२०८२ असार २७, शुक्रबार
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार