असार २७, २०८२ शुक्रबार July 11, 2025

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ४४ हजार नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा कोरोनाभाइरसका एक लाख २० हजार ५२९ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमित शुक्रबारको अपेक्षा ११ हजार ८३५ ले कम हो ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म दुई करोड ८६ लाख ९४ हजार ८७९ जना सङ्क्रमित भएका छन् । भारतमा सक्रिय सङ्क्रमित हाल १५ लाख ५५ हजार २४८ छन् ।

पछिल्लो चौबीस घण्टामा एक लाख ९७ हजार ८९४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म दुई करोड ६७ लाख ९५ हजार ५४९ जना सङ्क्रमित निको भएका छन् । भारतमा हालसम्म ३६ करोड ११ लाख ७४ हजार १४२ नमूना परीक्षण गरिएको छ । शुक्रबार २० लाख ८४ हजार ४२१ नमूना परीक्षण गरिएको छ ।

भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख ४४ हजार ८२ पुगेको छ । पछिल्लो चौबीस घण्टामा तीन हजार ३८० सङ्क्रमितको ज्यान गएको छ । मन्त्रालयका अनुसार हालसम्म २२ करोड ७८ लाख ६० हजार ३१७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया