असार २७, २०८२ शुक्रबार July 11, 2025

अफगानिस्तानमा बारुदी सुरुङ बिस्फोटः तीन जना बालबालिका सहित ११ को मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अफगानिस्तानको उत्तरपश्चिममा एउटा यात्रुबाहक मिनिभ्यानमा सडक किनारामा राखिएको बारुदी सुरुङमा परेर बिस्फोट हुँदा भ्यानमा सवार कम्तीमा ११ जना यात्रुको ज्यान गएको छ ।

अधिकारीहरुका अनुसार शनिबार भएको उक्त घटनामा मारिनेहरुमा तीन जना बालबालिका समेत रहेका छन् ।

निकै शक्तिशाली बिस्फोटका कारण उक्त मिनिभ्यान सडकबाट खोंचमा झरेको बडघिस प्रान्तीय गभर्नर हेसामुद्दीन शाम्सले बताउनुभयो । उहाँले उद्धारकर्ताहरु घटनास्थलमा पुगेको जानकारी दिनुभयो ।

उक्त बिस्फोटको कसैले पनि जिम्मेवारी लिइसकेका छैनन् तर प्रान्तीय सरकारले तालिबान समूहले सुरक्षा फौजलाई लक्षित गरी बारुदी सुरुङ बिछ्याएको आरोप लगाएको छ । तालिबान समूहले भने उक्त घटनाका बारेमा तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । -रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया