असार २८, २०८२ शनिबार July 12, 2025

अमेरिकी विशेषदूत खलिलजाद अफगानिस्तान र कतार भ्रमणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानमा पुनर्मिलनका लागि अमेरिकाका विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तान र कतारको भ्रमणमा निस्कनु भएको छ ।

अफगानिस्तानको द्वन्द्व अन्त्यका लागि कतारको पनि ठूलो भूमिका हुने र विगतमा पनि कतारमा महत्वपूर्ण वार्ताहरु हुने गरेकाले विशेषदूत खलिलजादले ती दुवै देशको भ्रमण गर्न लाग्नु भएको हो ।

उहाँसँगै उहाँकै नेतृत्वमा विशेष प्रतिनिधिमण्डल पनि भ्रमणका लागि शुक्रबार अमेरिकाबाट प्रस्थान गरेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्रतिनिधिमण्डलमा अमेरिकी गृह प्रशासनका उच्च अधिकारीहरु, कुटनीतिक अधिकारी, रक्षा अधिकारी र युएसएआइडीका प्रतिनिधि लगायत रहेका छन् ।

प्रतिनिधिमण्डलले अफगानिस्तानको सरकारी उच्च अधिकारीहरुलाई राजधानी काबुलमा भेट्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी अन्य राजनीतिक दलका नेताहरु, नागरिक अगुवा, महिला अधिकारकर्मीलगायत सरोकारवालाहरुसँग पनि प्रतिनिधिमण्डलले छलफल गर्ने जनाइएको छ ।

टोलीले अगफानिस्तानमा द्वन्द्वरत पक्षहरुलाई वार्ताको माध्यमबाट सम्झौतामा लैजाने र देशमा शान्ति कायम गर्न प्रयास गर्ने भएको छ ।

राजनीतिक समस्या समाधान गर्ने मुल उद्देश्यका साथ अफगानिस्तान र कतार प्रस्थान गरेको टोलीले द्वन्द्वरत दुवै पक्षसँग छलफल गर्ने भएको छ ।

अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व चलिरहेको छ भने द्वन्द्वका कारण हजारौंको मृत्यु र लाखौं विस्थापित भएका छन् । (रासस/एएनआई)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार