असार २७, २०८२ शुक्रबार July 11, 2025

एनआरएनए क्युस्युको संयोजकमा नुवाकोट पञ्‍चकन्याका अर्जुन थापा निर्विरोध निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै : गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान क्युस्युको संयोजकमा अर्जुन थापा निर्विरोध निर्वाचित भएका छन् ।

शनिबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा भएको थियो । संयोजकमा निर्वाचित थापा यसअघि सचिवको जिम्मेवारीमा थिए ।

नुवाकोट पञ्‍चकन्या गाउँपालिका ३ घलेगाउँमा जन्मिएका थापा सन् २०१२ मा  नेपालबाट जापान प्रवेश गरेका हुन् । उनि हाल जापानको फुकुओका शहरमा बस्दै आएका छन । विद्यालय जीवनदेखि नै सामाजिक काममा रुची राख्ने संयोजक थापा नेपाल जापान फ्रेन्डसीप लायन्स क्लबका संस्थापक अध्यक्ष हुन् भने फुकुओका नेपाल सोसाईटीका सदस्य हुन् ।

यस्तै अधिवेशनबाट एनआरएनए क्युस्युको उपसंयोजकहरुमा भीमबहादुर गुरुङ, विवेक बुढाथोकी, महिला उपसंयोजकमा कमला पाण्डे, सचिवमा कृष्णहरि पाठक, सहसचिवमा सुनील श्रेष्ठ, भीमबहादुर बुढाथोकी, कोषाध्यक्षमा केशवकुमार लामिछाने र सहकोषाध्यक्षमा रिपुहरि सापकोटा चयन भएको (एनआरएनए) ले जानकारी दिएको छ ।

यस्तै सदस्यहरुमा अमृत भट्ट, प्रदीपकुमार राई, सुवासबहादुर बोहोरा, दिपकबहादुर शाही, महिला सदस्य कृष्णा बस्नेत र विद्यार्थी सदस्य सज्जन सुवेदी पनि निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीले जनाएको छ । नवनिर्वाचित एनआरएनए क्युस्युको कार्यसमितिको कार्यकाल २०२३ सम्म रहने छ ।

 

 

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया