असार २७, २०८२ शुक्रबार July 11, 2025

श्रीलङ्कामा भारी वर्षाको कारण १४ को मृत्यु दुई लाख ४५ हजार प्रभावित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलङ्कामा भारी वर्षाका कारण कम्तिमा १४ जनाको मृत्यु भएको र दुई लाख ४५ हजारभन्दा बढी मानिस प्रभाबित भएको अधिकारीहरूले बताएका छन् ।

मृतकमध्ये पाँच व्यक्ति राजधानी कोलम्बोबाट ८० किलोमिटर टाढा रहेको केगालेका रहेका छन् भने तीन रत्नपुरा जिल्लाका रहेका छन् । बर्षापछि आएको बाढीका कारण केही व्यक्ति हराइरहेका र केही घाइते भएका बताइउको छ ।

श्रीलङ्काको विपत् ब्यवस्थापन केन्द्रका अनुसार १५ हजार ६५८ व्यक्तिलाई जोखिमयुक्त स्थानबाट सुरक्षितस्थलमा सारिएको छ भने ८०० घरहरूमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

श्रीलङ्काको मौसम विज्ञान विभागले जारी गरेको मौसमसम्बन्धी पछिल्लो प्रतिवेदनमा आगामी केही दिनमा कतिपय स्थानमा १५० मिलिमिटरभन्दा बढी बर्षा हुने पूर्वानुमान गरिएको छ ।

यसैबीच श्रीलङ्काको नौसेनाले बर्षापछि नदी किनारहरू र गहिरो क्षेत्रका बस्तीमा जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ । कोपुम्बुको बाहिरी इलाकामा रहेको सपनी सापुगास्कान्डा तेल प्रशोधन केन्द्रमा जान हिँडेका इन्धन गाडीहरूलाई बाढीले बगाउनसक्ने भनी यस पहिले चिन्ता व्यक्त गरिएको भएपनि यो खतरा तत्काललाई टरेको छ ।

शनिबार भारी वर्षापछि तेल प्रशोधन केन्द्रमा राखिएको ट्याङ्कीलाई पानीले बगाउने र यसका कारण जलचरलाई खतरा बढेको बताइएको थियो ।  प्रतिकूल मौसमका कारण स्वास्थ्य मन्त्रालयले खोप कार्यक्रम पनि अवरोध भएको जनाएको छ ।

स्वास्थ्य सेवाका उपमहानिर्देशक हेमन्था हेराथले स्थानीय सञ्चारमाध्यमलाई बाढी प्रभासवत जिल्लाहरुमा खोप कार्यक्रम स्थगित नभए पनि भारी वर्षाका कारण अधिकारीहरुले शत प्रतिशत काम गर्न नसकेको बताउनुभयो । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायली सेना गाजामा रहेसम्म युद्धविराम असम्भव : हमास
२०८२ असार २७, शुक्रबार
पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई ‘हेमबहादुर मल्ल सम्मान’
२०८२ असार २६, बिहिबार
डेंगु नियन्त्रण गर्न लार्भा खोजी तथा नष्ट अभियान
२०८२ असार २६, बिहिबार
प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जा मन्त्री खडका
२०८२ असार २६, बिहिबार
आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा
२०८२ असार २६, बिहिबार
सुर्यबिनायकमा ५० हजार दर्शक क्षमताको स्टेडियम बनाउने प्रधानमन्त्रीको घोषणा
२०८२ असार २६, बिहिबार
काठमाण्डौंका मेयर शाहले बोलाए कार्यपालिका बैठक
२०८२ असार २६, बिहिबार