असार २६, २०८२ बिहिबार July 10, 2025

बोटलिङ प्लान्ट निर्माण गर्ने आयल निगमको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल आयल निगमले एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण गर्ने तयारी थालेको छ । अहिलेसम्म ग्यास बोटलिङ प्लान्टको काम नगरेको निगमले आफ्नै प्लान्ट बनाउन लागेको हो ।

झापाको चारआली र प्रदेश २ मा ग्यास बोटलिङ प्लान्ट निर्माण गरिने प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । त्यसक्रममा परामर्शदाता नियुक्ति गरी प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको निगमले जनाएको छ ।

उपाध्यायले भने, “झापाको चारआली र प्रदेश २ को जनकपुर वा सर्लाहीमा एलपी ग्यासको बोटलिङ प्लान्टको निर्माण गर्दैछौँ । अहिले डीपीआरअन्तर्गतकै प्राविधिक प्रतिवेदन बनाउने काम भइरहेको छ ।”

प्राविधिक प्रतिवेदन तयार भइसकेपछि डीपीआर निर्माणको प्रक्रिया अघि बढ्ने जनाइएको छ । आगामी आर्थिक वर्ष २०७८-७९ सम्म निर्माण प्रक्रिया थालिने निगमले जनाएको छ । बोटलिङ प्लान्ट आफ्नै जग्गामा बनाइनेछ ।

प्लान्टका लागि निगमले झापामा पाँच बिघा जग्गा छुट्याएको छ । जनकपुरमा निगमको १० बिघा र सर्लाहीमा २१ बिघा जमिन छ । दुवै स्थानमा पाँचरपाँच हजार मेट्रिक टन क्षमताको बोटलिङ प्लान्ट निर्माण हुनेछन् । समाचार आजको गोरखापत्र दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार