असार २६, २०८२ बिहिबार July 10, 2025

बालुवाटारमा बसेर साल्ट ट्रेडिङ डुबाउँदै दुगड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आर्थिक वर्ष २०७८/७९ को बजेटको बुँदा नं २११ मा भनिएको छ- ‘आयोडिनयुक्त नुन आपूर्तिलाई सर्वसुलभ, गुणस्तरीय एवं न्यून मूल्यमा उपलब्ध गराउन निजी क्षेत्रको सहभागितामा नुन उत्पादन तथा वितरण प्रतिस्पर्धी बनाइनेछ’ भन्ने शब्द उल्लेख गरिएको छ ।

बालुवाटारमा बसेर बिचौलिया धन्दा गर्दै आएका प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार मोतीलाल दुगडको दबाब र प्रभावमा यो बुँदा बजेटमा सेमटिएको बालुवाटार स्रोतले बताएको छ । नभए सरकारकै स्वामित्व रहेको साल्ट ट्रेडिङ कर्पोरेशनलेलाई धरासायी पार्न यस बजेटमा यो बुँदा समेटिने थिएन ।

प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार दुगड कुनै आर्थिकविज्ञ होइनन् । सुरुमा उनी सामान्य व्यापारी थिए । राजनीतिमा आएपछि उनी ‘पावर ब्रोकर’ रुपमा मारवाडी समुदायमा चिनिन थाले । प्रधानमन्त्री ओलीसँग निकट सम्बन्ध भएका कारण व्यापारीहरुले आफ्नो काम फत्ते गराउन तिनै दुगडलाई प्रयोग गर्ने गर्छन् । ओलीका विश्वास पात्रका रुपमा दिनरात बालुवाटार बस्ने दुगडले देखिने गरी सुपारी तस्करलाई कोटा वितरण गरे । तेस्रो मुलुकबाट नेपालमा सुपारी आयात गर्ने र त्यही सुपारीलाई नेपालको उत्पादन भनेर भारत निकासी, तस्करी गर्ने गिरोहमा दुगड पनि संलग्न छन् ।

बालुवाटार बसेर व्यापार गर्न पल्केका दुगडसँग चिनी व्यापारी शशिकान्त अग्रवाल मिलेमतो छ । अग्रवालसँग मिलेर नुनको व्यापार गर्न उनले नून व्यापारमा साल्ट ट्रेडिङ कर्पोरेशनको एकाधिकार तोड्न बजेटमा यो कुरा ल्याएका हुन् । विगत ५७ वर्षदेखि नुनको व्यापार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनमा सरकारको २१ प्रतिशत शेयर छ । आफ्नो स्वामित्व रहेको साल्ट ट्रेडिङले दुर्गम क्षेत्रमा प्रतिकिलो ९ रुपैयाँ र सुगम शहरी क्षेत्रमा प्रतिकिलो रु २० मा आयोनुन बिक्री गर्दै आएको छ ।

यसमा नेपाल सरकारको अनुदान र भारत सरकारको समेत सहयोग छ । यति राम्रोसँग राष्ट्रको सेवामा समर्पित संस्थालाई धरासायी बनाउन एउटा गिरोह बालुवाटारमा चक्कर काटिरहेको छ । जसले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको नुन भण्डारण गर्नका लागि ‘जाइका’ले बनाइदिएको गोदामको रकम समेत सरकारको लगानीमा जोड्नुपर्ने गलत सल्लाह दिएको छ । त्यही सल्लाह बमोजिम दुगडले आफू राज्यमन्त्री भएको बेला साल्ट ट्रेडिङ कर्पोरेशनमा लगानी गर्ने सर्वसाधारण शेयरधनीको मुनाफा ३ वर्षदेखि रोकेरै राखेका छन् ।

त्यति मात्र होइन, साल्ट ट्रेडिङ कर्पोरेशनले तोरीको तेल उत्पादन गर्न हेटौंडा औद्योगिक क्षेत्रमा मेसित समेत जडान गरेको छ । तर उत्पादनका लागि चाहिने विद्युत अहिलेसम्म स्वीकृत भएको छैन । त्यस्तै भूकम्पका बेला सर्वसाधारणलाई बाँड्न सरकारले जस्तापाता आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेशनलाई आग्रह ग¥यो । साल्ट ट्रेडिङले आयात गरेको करिब २५ करोड बराबरको जस्तापाता खिया लाग्ने अवस्थामा थन्किएको छ । त्यसको प्रयोग गर्ने विषयमा सरकारले केही सोचेको छैन ।

तत्कालीन आपूर्तिमन्त्री मातृका यादवलाई समेत निजी क्षेत्रले नुन आयातका लागि अनुमति दिन दुगडले ठूलो दबाब दिएका थिए । तर, यादवले दुगडको कुरा नमान्दा प्रधानमन्त्री स्वयं यादवसँग रिसाए । यस घटनाबाट पनि प्रधानमन्त्रीको नियत उदांगो हुन्छ । त्यसपछि मन्त्रीबाटै यादवलाई हटाइदिए ।

दुगड तिनै व्यक्ति हुन्, जसले बजारबाट साल्ट ट्रेडिङको नुन प्रतिकिलो २० रुपैयाँमा किनेर ३५ रुपैयाँमा आफ्नो ब्राण्ड बनाएर बिक्री गर्थे । नेपालमा नुन आयात गर्ने अनुमति साल्ट ट्रेडिङ कर्पोरेशनलाई मात्र छ । तर, बजारमा उक्त नुन देखिएपछि गुणस्तर विभागले छानबिन त ग¥यो, तर दुगडमाथि कारवाही भने अहिलेसम्म गरेको छैन । दुगडले नक्कली नुनको प्याकेट बनाएर साल्ट ट्रेडिङकै नुन बेच्थे । विभागले अनुगमनको क्रममा भाटभटेनी सुपर मार्केटबाट नक्कली नुनको प्याकेट बरामद गरेको थियो ।

निजी क्षेत्रलाई नुनको जिम्मा दिन प्रधानमन्त्री स्वयंले मन्त्री यादवलाई दबाब दिएका थिए । तर, मन्त्री यादवले प्रधानमन्त्रीको कुरा टेरेनन् । त्यसपछि प्रधानमन्त्री मन्त्री यादवसँग रिसाए । मन्त्रालयको जिम्मा दिए पनि मन्त्री यादवले लगेका कतिपय राम्रा कुरा प्रधानमन्त्रीले कार्यान्वयन गर्न दिएनन् । नुनको त के कुरा कर्मचारी सरुवामा समेत बालुवाटारले हस्तक्षेप गरेर मन्त्री यादवलाई हायलकायल पारे । प्रधानमन्त्रीसँग टसल बढ्दै गएपछि आफ्नो पीडा उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि सुनाए । प्रचण्डको पनि कुरै नसुन्ने प्रधानमन्त्रीसँग बस्नुभन्दा हट्नु नै ठिक भनेर मातृका यादव मन्त्रीबाट बाहिरिए । -दृष्टिबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार