काठमाडौंः नागरिक एपले भाइबरमा पनि सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सरकारद्वारा सञ्चालित यो मोबाइल एप्लिकेसनसँग सम्बन्धित कुनै गुनासो, जानकारी, समस्याहरु सम्बोधन गर्न भाइबरमा सेवा सुरु गरिएको बताईएको छ ।
नागरिक एपले यसको सम्बन्धित नम्बर (+९७७-११२२३३४४५५) मा दर्ता गरिएको भाइबरबाट उक्त सेवाहरु पाउन सक्ने जनाएको छ ।
नागरिक एप सुरु भएयता प्रयोगकर्ताहरुले मुख्यगरी नागरिकता प्रमाणपत्रका विवरणहरु म्याच हुन नसकेकाले सेवा उपयोग गर्न नपाएको गुनासो बढी गर्दै आएका छन् ।
सरकारले चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा गत वैशाख १९ गते नागरिक एपको फुल भर्सन (१.३.१) सावर्जनिक गरेको थियो ।
सरकारी निकायहरुले विभिन्न सेवाहरुलाई डिजिटलाइज गर्दै लगेपछि सेवापिच्छे फरक फरक मोबाइल एप सञ्चालन गर्नुपर्ने झन्झटलाई ध्यानमा राख्दै गत माघ २ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एपको बेटा भर्सन सार्वजनिक गरेको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया