श्रावण ३, २०८२ शनिबार July 19, 2025

संखुवासभाको मकालु गाउँपालिका अध्यक्षमा नेकपाका पोखरेल बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाका तेजबहादुर पोखरेल विजयी भएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसका विमन पराजुलीलाई ८०२ मतले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

मुख्य निर्वाचन अधिकृतका अनुसार नेकपाका तेजबहादुर पोखरेल ३ हजार १८ मतसहित विजयी हुँदा कांग्रेसका पराजुलीले २ हजार २१६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका समाजवादी पार्टीका नुर्वु शेर्पाले २९८ मत प्राप्त गरेका छन् ।

मकालु गाउँपालिकामा यसअघि पनि नेकपा एमालेले जितेको थियो । अध्यक्ष खड्ग कटुवालको सडक दुर्घटनामा निधन भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार