मंसिर २५, २०८० सोमबार December 11, 2023

८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड खर्च

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पछिल्लो ८ महिनामा विपद् व्यवस्थापनमा सवा ११ करोड रुपैयाँ खर्च भएको छ । विपदमा परी घाइते भएकाको उपचार, क्षतिपूर्ति र हेलिकोप्टरको परिचालनमा यो रकम खर्च भएको हो ।

विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट अनुमोदन हुने गरी केन्द्रीय विपद् कोषबाट यस्तो रकम निकासा दिने गरिन्छ । मन्त्रालयको तथ्यांकअनुसार वैशाख २०७६ यता कात्तिकसम्म यति रकम निकासा भएको छ । यसमध्ये सबैभन्दा ठूलो रकम हेलिकोप्टरको परिचालनमा खर्च भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा हेलिकोप्टर उडानमा मात्र ६ करोड ८३ लाख ५३ हजार ९ सय ७१ रुपैयाँ खर्च भएको छ । घाइतेको उपचार र क्षतिपूर्तिमा भने ४ करोड ३७ लाख ३९ हजार ५ सय ४२ रुपैयाँ खर्च भएको छ ।

गृह मन्त्रालय अन्तर्गत रहेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले निकासा भएको रकम अनुमोदन गर्ने निर्णय हालै गरेको छ । अब केन्द्रिय विपद् व्यवस्थापन कोषमा १ अर्ब ४५ करोड ७५ लाख २८ हजार ८ सय १३ रुपैयाँ मौज्दात रहेको समेत गृह मन्त्रालयले जानकारी दिएको छ ।

समितिले सीमा सुरक्षाका नाममा भारतले बनाएका अग्ला सडकले बाढी तथा डुबानको समस्या निम्त्याएको भन्दै समस्या समाधानका लागि सुझाव दिएको छ । परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल गरी समस्या समाधान गर्नुपर्ने समितिको धारणा छ ।

सीमा क्षेत्रमा पूर्वाधार प्रकोप न्यूनिककरण हुने गरी निर्माणको व्यवस्था मिलाउन ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समितिले भनेको छ । तराई क्षेत्रका केही जिल्लामा नदी नियन्त्रणकै आयोजनाका कारण नदीको पानी गाउँमा बसेको, तटबन्धको निर्माण कमजोर अवस्थामा रहेको र नदीको बहाव रोक्नेगरी पुल पुलेसा निर्माण हुन नसकेका कारण त्यसको व्यवस्था मिलाउन उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई निर्देशन दिइएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले हिमपात, चिसो तथा शीतलहरसम्बन्धी पूर्वतयारी थाल्नसमेत सरोकारवालालाई निर्देशन दिएको छ । सम्बन्धित स्थानीय सरकारहरुले हिमपात, चिसो तथा शीतलहरबाट प्रभावित हुन सक्ने क्षेत्रका गरिब तथा विपन्न नागरिक र परिवारको पहिचान गरी आकस्मिक उद्दारका लागि तयारी अवस्थामा रहन सुझाव दिइएको छ ।

इन्धन, दाउरा, कम्बलजस्ता सामग्रीको भण्डारणको काम समेत समयमै थाल्न बैठकले निर्देशन दिएको छ । सेना, प्रहरी तथा सशस्त्र प्रहरीले समेत आफ्नो तर्फबाट पूर्वतयारी थाल्न बैठकले निर्देशन दिएको छ ।

कुहिरो तथा हुस्सु लागेको समयमा सम्भावित सवारी दूर्घटनालाई न्यूनीकरण गर्न एक सर्वे समूह गठन गरी त्यस्तो स्थानको म्यापिङ गरिने भएको छ । नेपाल प्रहरीसँगको समन्वयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

यसका आधारमा हिमपात, कुहिरो तथा हुस्सुबाट सडक दूर्घटना हुन सक्ने जोखिमयुक्तरसम्भावित सडकमा विभिन्न सांकेतिक चिह्न र सूचनामुलक सन्देश राख्ने काम सडक विभागले गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संघीय संसद सचिवालय महासचिवमा पदमप्रसाद पाण्डेको नाम सिफारिस
२०८० मंसिर २५, सोमबार
एमालेले एकल बहुमत ल्याएर सरकार नबनाएसम्म देश समृद्ध हुँदैन: अध्यक्ष ओली
२०८० मंसिर २५, सोमबार
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
२०८० मंसिर २५, सोमबार
दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ : प्रधानमन्त्री दाहाल
२०८० मंसिर २५, सोमबार
काँग्रेस सभापति देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक
२०८० मंसिर २५, सोमबार
आज बालाचतुर्दशी, पशुपतिनाथ लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो
२०८० मंसिर २५, सोमबार
कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख रानामगर
२०८० मंसिर २५, सोमबार