असार २२, २०८२ आइतबार July 6, 2025

बलात्कार अभियोग लागेका सिद्धबाबा अस्पतालबाटै पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेका सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाटै पक्राउ गरेको छ।

बलात्कार आरोप लागेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका सिद्धबाबालाई प्रहरीले आज बिहान आईसीयूबाटै नियन्त्रणमा लिएको हो।

सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको प्रहरी टोलीले उनलाई बिहान ४ बजे पक्राउ गरेको हो। एम्बुलेन्समा राखेर उनलाई सुनसरी जिल्ला प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ।

आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’का रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणी मुद्दा दर्ता भएको छ।

सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी गत बिहीबार दर्ता गराएकी हुन्। घटना गत कात्तिक ४ गते भएको उजुरीमा उल्लेख छ।

आफूविरुद्ध उजुरी दर्ता भएको थाहा पाएपछि ‘सिद्धबाबा’ मुटु दुखेको भन्दै शुक्रबार बिहानै अस्पताल भर्ना भएका थिए।

आईसीयूमा उपचार गराइरहेकै बेला उनलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार