असार २६, २०८२ बिहिबार July 10, 2025

बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन शिक्षामन्त्रीको निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले झापाको बिएण्डसी मेडिकल कलेजले कानुनी प्रक्रिया पूरा गरेर कलेज सञ्चालनका लागि सम्बन्धन दिन चिकित्सा शिक्षा आयोग निर्देशन दिएका छन्।

शुक्रबार आयोगका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आयोगको सातौं बैठक बसेको थियो। प्रधानमन्त्री ओलीले नेपाललाई शिक्षा र स्वास्थ्यको शैक्षिक हब बनाउने धारणा राख्दै देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरी शिक्षा नीतिनियम बनाउन आयोगलाई निर्देशन दिई बैठकबाट बाहिरिएका थिए।

त्यसपछि आयोगका सहअध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले चार नम्बर बुँदामा छलफल गर्दै सम्बन्धनको विषयलाई प्राथमिकता दिएको आयोग सदस्य एवं निजी मेडिकल कलेज एसोसिएसनका अध्यक्ष बसुरुद्दिन अन्सारीले बताए। उनका अनुसार बिहान ११ बजेदेखि साढे २ बजेसम्म चलेको बैठकमा प्रधानमन्त्री ओलीले मेडिकल शिक्षा अध्ययन गर्ने नेपाली विद्यार्थीलाई स्वदेशमै अध्ययनको वातावरण मिलाउन नियमन प्रक्रिया पुगेका कलेजहरूलाई सम्बन्धन दिनबाट रोक्न नहुने धारणा राखेका थिए।

त्यही आधारमा शिक्षामन्त्रीले आयोगका सदस्यहरूलाई सम्बन्धनको कानुनी प्रक्रिया पूरा भएनभएको अध्ययन गरी निर्णय गर्ने निर्देशन दिएका हुन्। – नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार